विराटनगर/अमेरिकी कम्पनी फोर्डको भारतमा निर्मित ‘फोर्ड न्यूू इको स्पोर्टस’ गाडी बजारमा आएको छ ।
[caption id="attachment_65866" align="alignnone" width="600"]
तस्बिरः अनिल श्रेष्ठ[/caption]
जि.ओ. अटोमावाइल्स नेपालका आगि फोर्ड गाडीको आधिकारी विक्रेता भुदेव टे«डिङ्ग विराटनगरले शुक्रबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी नयाँ गाडी सार्वजानिक गरेका हुन् । अत्याधुनिक उपकरण जडान गरी आरमदायी रहेको गाडीको एक हजार ५ सय सिसिको इन्जिन, १ सय २३ पावर रहेको छ । त्यस्तै चार वटै पावर विण्डो रहेको उक्त अटोमेटिक गाडीमा डिजल र पेट्रोल दुवैबाट गुडनेछ ।
सात कल्लरमा रहेको उक्त गाडी ३३ लाख ९० हजारदेखि ४९ लाख ९० हजारसम्म मूल्य पर्दछ । प्रतिलिटिर डिजलले २३ तथा पेट्रोलले १७ किलोमिटर संचालन हुने जिओ अटोमोइल्सका वजार व्यवस्थापक विजय थापाले बताए । उनका अनुसार स्पोर्टस गाडीमा सुरक्षाका लागि दुई एयर व्याग समेत रहेको बताए ।
अहिले नयाँ विक्री वितरण हुने उक्त एसयुभि गाडीमा ५० वटा नयाँ परिवर्तन गरिनुका साथै १६ वटा नयाँ फिर्चस थप गरिएको व्यवस्थापक थापाले जानकारी दिए । दुई वर्षको वारेण्टीका सहित १० हजार किलोमिटर अथवा एक वर्षमा मात्र उक्त एसयुभि गाडीको सर्भिसिङ्ग गर्नु पर्ने छ ।
नेपालका १२ मुख्य–मुख्य शहरवाट उक्त गाडि वार्षिक रुपमा १ हजार ५ सय विक्री वितरण हुने गरेको छ । गाडी खरीदका वैकवाट फाइनेन्सको सुविधा समेत रहेको छ ।