धरान/किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति धरान–१३ को तेस्रो अधिवेशनले श्रीपाल राईलाई अध्यक्षमा निर्वाचित गरेको छ । अमर सेवा समाजको सभाहलमा शुक्रबार सम्पन्न अधिवेशनले राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षद्वयमा इशावेला राई र राजकुमार राई, सचिवमा सत्यकुमार राई, सह–सचिवमा थामबहादुर राई, कोषाध्यक्षमा सुनिता राई र सह–कोषाध्यक्षमा बसन्त बान्तावा राई निर्वाचित भए । यसैगरी सदस्यहरुमा सरिता राई, चित्रकला राई, देवि राई, हेमुना राई, मनु राई, गायत्री राई, मनोज राई र नविन राई रहेका छन् । धरान १३ का वडाअध्यक्ष नेत्रप्रसाद काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा किराया जिल्ला सचिव हिन्दुहाङ राई, कोषाध्यक्ष सावित्रा राईलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता निर्वतमान अध्यक्ष मौलामान राईले गरेका थिए ।