पानवारी । नेपाल सरकारले गत असोज १ गतेबाट देशभर हर्न बजाउन निषेध गर्ने नियम लागु गरेको थियो ।
नियम लागु भएपछि सुनसरीमा मात्र ६ सय ६५ जनालाई हर्न निषेध क्षेत्रमा हर्न बजाएकोमा कारवाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाए अनुसार सुनसरी जिल्लाभरी राजस्व मात्र ३ लाख ३५ हजार उठिसकेको छ । जसमा सबैभन्दा बढी यात्रुवाहक बस कारवाहीमा परेका छन् ।
बस मात्र २ सय १७ वटा कारवाहीमा परेकोमा १ लाख ११ हजार राजस्व बसबाट मात्र उठेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव निरिक्षक विनोदकुमार खतिवडाले जनाएका छन् । त्यस्तै गरी मालवाहक ट्रकबाट ८१ हजार, कार÷जीपबाट ६७ हजार, ट्याक्टरबाट १५ हजार ५ सय र मोटरसाइकलबाट ६० हजार राजस्व उठेको ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।