झापा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर – १० नागडुव्वा पुल नजिकै यात्रु वहाक बसको ठक्करबाट शुक्रबार मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा कनकाई नगरपालिकाको घैलाडुव्वा निवासी ३२ वर्षीय अन्जुम ओली रहेका छन्।
उनी सवार मे ५ प २२७१ नम्वरको मोटरसाइकललाई लाई साँझ ६ बजेतिर काँकरभिट्टाबाट यात्रु लिएर आउँदै गरेको ना ५ ख ४९१३ नम्वरको बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो। बसका चालक प्रहरी चौकी चारआलीले नियन्त्रणमा छन्।
झापाकै शिबसतासी नगरपालिका-८ सतासी खोला नजिकै मे ८ प १५१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक झापा दमक नगरपालिका-७ बस्ने ३९ बर्षिय राजु राई र पछाडी सवार सोही ठाउँका ३९ बर्षिय बुद्ध श्रेष्ठ घाइते भएका छन्।
घाइते मध्ये बुद्धको न्युरो अस्पताल विराटनगर र राजुको लाईफ लाईन अस्पताल दमकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।