पोखरा (रासस) । कास्कीको मादी गाउँपालिका–१० भाचोकमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा वडा नं ९ का दलित वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ । पोखराबाट भाचोकतर्पm गइरहेको ना३ख ७४३६ नंको बस सडकमा भास्सिएपछि पल्टेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । दुर्घटनामा छ जना यात्रु घाइते भएकामा स्थानीय मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
बस दुर्घटनामा वडा सदस्यको मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































