झापा। झापाको शिवसतासी नगरपालिका-८ बस्ने तिलक खत्रीको २ तले गाईगोठमा शनिबार आगलागी भएको छ।

साँझ ५ बजे विधुत सर्ट भइ अचानक लागेको आगोले उनको काठपात तथा गोठ पूर्ण रुपमा जल्दा अन्दाजी १० लाख बराबरको क्षति भएको बताइएको छ।

आगलागी दमकल तथा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।