धनकुटा /नेपालबार एशोसिएनको ६१ औं स्थापनादिवश धनकुटामा विविधकार्यक्रम साथशुक्रवार सम्पन्नभएको छ । विराटनगर उच्चअदालत धनकुटा इजलासकामाननियमुख्यन्यायधिशविनोद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न ६१ औं स्थापनादिवशको अवसरमा आयोजित शुभकामनाआदनप्रदान कार्यक्रममा वोल्ने अधिकांश वक्ताले पछिल्लो समयमा न्यायलय सर्वसाधरणको लागि मँहगो हुँदै गएको जनगुनासो आएको वताएका छन् । उनीहरुले कमखर्च, छिटो छरितो र जनआस्थामा आधारित न्याय सम्पादनगर्न पनि न्यायमुर्तिहरुलाई सुझाव दिएका छन् ।
सो अवसरमा वोल्दै कार्यक्रमका प्रमुख अतिथि विराट नगर उच्च अदालत धनकुटा इजलासका माननिय मुख्य न्यायधिस विनोद शर्माले न्यायलय सर्वसाधरण नागरिकको लागि महँगो भयो भन्ने जनगुनासो पटक/पटक आउने गरेको र यस प्रश्नको उत्तर पनि पटक/पटक दिनु परेकाले अबको दिनमा न्यालय गम्भिर हुनु पर्ने वताए । उनले यस्तो खाल्को कमी कम्जोरीलाई न्युनिकरण गर्न आम सरोकारवाला निकाय पनि सजग र सचेत भएर लाग्नु पर्नेमा जोड दिएका छन् । शर्माले कानुनले तोकेको वाहेक शुल्क सेवाग्राहीवाट लिन नहुनेमा सचेत गराउँदै उनले त्यसो भयो भने मात्र गुणस्तरिय सेवादिन सकिने दावी गरेका छन् ।
सो अवसरमा धनकुटा नगरपालिकाका उपमेयर शकुन्तला वस्नेतले निर्दोषले न्याय पाउन न्यायलाई पैसासँग तुलना नगरिदिन न्याय मुर्तिहरुलाई आग्रह गरका छन् । उनले न्याय क्षेत्र भनेको पनि विकासको एउटा पाटो भएको बताउँदै उप–प्रमुख वस्नेतले भने “न्यायमुर्तिहरुले न्याय प्रदान गर्दा मानविय सेवाको रुपमा लिनु होला, त्यही नै निमुखा जनताको कल्याण र न्यायलयको उच्च सम्मान हुनेछ ।” त्यसैगरी विराटनगर उच्च अदालत इलाम इजलासका माननिय न्यायधिश तेजनारयण सिंह राईले बार सक्षमभयो भने मात्र वेञ्च सक्षमहुने भन्दै बारमा आवद्ध कानुन् व्यवसायीहरुको न्याय सम्पादनमा महत्वपुर्ण भुमिकाहुने वताए । राईले मुलुकको शासन सत्ता रुपान्तरणमा बारले महत्वपुर्ण भुमिकानिर्वाह गरेको वताए । त्यसैगरी धनकुटा जिल्ला न्यायधिश विनोद कुमार शर्माले नेपालको संविधान २०७२ लेखनमा बारको भुमिका सुनौलो अक्षरले लेखिएको दावी गरेका छन् । साथै उनले संविधान कार्यान्वयन पनि कानुन व्यावसायीहरुको अहम भुमिका हुने बताएका छन् ।
धनकुटा जिल्लाअदालतबार एशोसिएशनकाअध्यक्षआनन्द सन्तोषी राईको अध्यक्षतामा सम्पन्न ६१ औं स्थापना दिवश तथा शुभकामनाआदन–प्रदानकार्यक्रममाअधिवक्ता एवं पुर्व सांसद दुर्गा लिङ्खा, वरिष्ठ अधिवक्ता नगेन्द्रभक्त श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको संचालन उच्च अदालत धनकुटा बारका सचिव लाखमान राईले गरेका थिए भने स्वागतमन्तव्यपुर्व जिल्लाबारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता डा.गोपालवहादुर भट्टराईले व्यक्त गरेका थिए । सो अवसरमा जिल्लाबार धनकुटाको तर्फवाट वरिष्ठ कानुन व्यावसायीको उपादीपाएका वरिष्ठ अधिवक्ता डा.गोपालवहादुर भट्टराईलाई वधार्य सहित खदा तथा फुलको गुच्छा लागएर सम्मान गरिएको थियो ।