एसिड प्रहार गर्ने युवक पक्राउ
काठमाडौ/ अापसी विवादपछि एसिड प्रहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। बुटवल उपमहानगरपालिका ११ प्रगतिनगरका २६ वर्षीय प्रेम सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो।
सुनुवारले गत शनिवार सोही स्थानका ३० वर्षीय सुमन केसीलाई एसिड प्रहार गरेका थिए। सामान्य विवाद भएपछि सुनवारले केसीले सँगै रहेका अर्को ३१ वर्षीय श्याम गुरुङलाई पनि एसिड प्रहार गरेका थिए।
एसिड लागेर घाइते दुवैको लुम्विनी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































