विराटनगर/  मोरङ कारागार विराटनगरमा सरोकारवालाहरुले अनुगमन तथा निरीक्षण गरेका छन् । विभिन्न अपराध गरी सजाय काटीरहका कैदीबन्दीहरु बसोबास गर्ने भवन तथा उनीहरुको अवस्था बुझन सरोकारवालहरुले अनुगमन तथा निरीक्षण गरेका थिए ।

अनुगमन तथा निरीक्षणमा ब्लाष्ट टाइम्स दैनिका प्रधान सम्पादक राजकुमार कार्की, कारागार कार्यालय मोरङ विराटनगरका जेलर प्रेमप्रसाद सापकोटा, सशस्त्र प्रहरी बल नेपाल कारगारा सुरक्षा वेश मोरङका सशस्त्र प्रहरी नावय उपरीक्षक राम कुमार सिंह, कारागार सुरक्षा गार्ड मोरङका प्रहरी नायव निरीक्षक गणेश राई, होटल व्यवसायी तथा पत्रकारहरुको उपस्थीति रहेको थियो  । मोरङ कारागारमा ७ सय ३६ जना कैदीबन्दी रहेको चौकीदार अविशेक गिरीले जानकारी दिए ।

जेलभित्र अध्ययन सामग्रीका लागि पुस्तकालय, शारीरिक अभ्यास गर्न जिम हल, टेलिफोन, खेलकुद जस्ता सुविधा उपलब्ध छन् । चौकीदार गिरीकै पहलमा जेलभित्र जिम हल सञ्चालनमा आएको हो । जिम हलमा दैनिक ५० जना कैदीहरुले व्यवसाय गर्ने गरेका छन् । गिरी चौकीदार भएर आएसँगै मोरङ कारागारमा कैदीबन्दीहरुको लागि व्यवस्थीति बसोबासमा सुधार आएको उनीहरुको भनाई छ ।