सोलुखुम्बु । मगलंबार सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको सिम्रिक एयरको विमान २ घण्टामा काठमाडौं अवतरण भएको छ ।
मगंलबार दिउँसो ३ बजे सोलुखुम्बुको फाप्लु विमास्थलबाट उडेको सिम्रिक एयरको अल्फाइ माइपापा 9 NAMP कल साइन भएको विमान काठमाडौं एयरपोर्टमा सञ्चार सम्पर्क बिग्रिँदा रामेछापमा अवतरण गरिएको सिम्रिक एयर सोलुखुम्बुका स्टेशन इन्चार्ज मिङ्मार शेर्पाले जानकारी दिनुभयो ।
१६ जना यात्रु बोकेर उडेको विमान काठमाडौंमा सम्पर्क सुरु भएसँगै रामेछापबाट साँझ ५ बजे मात्रै काठमाडौं अवतरण भएको हो । काठमाडौंका लागि भनेर विमान उडे पनि अकस्मात रामेछाप अवतरण हुँदा यात्रुहरु त्रसित भएका थिए ।