एमाले-माओवादी एकताको मोडालिटी

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पाँच विषयमा छलफल भएको तथा सरकार गठन र पार्टी एकता प्याकेजमै गर्ने समझदारी भएको  छ ।

ओलीले फोन गरेर बोलाएपछि प्रचण्ड ओली निवास बालकोट पुगेका थिए । उनीहरुबीच दुवै प्रमुखको हैसियतमा रहने गरी एकताको मोडालिटीमा करिब-करिब सहमति भइसकेको स्रोत बताउछ । ‘ओलीले सरकारको नेतृत्व गर्दा प्रचण्डले एकीकृत पार्टीको नेतृत्व पाउने गरी नै दुई नेताबीच करिब-करिब समझदारी भइसकेको स्रोतको दाबी छ,’ ‘त्यस निम्ति अध्यक्ष र सहअध्यक्ष पद रहने कि, दुई वर्षभित्र एकीकृत पार्टीको महाधिवेशन हुने गरी तयारी समिति बनाएर जाने भन्ने विकल्पमा छलफल केन्द्रित छ ।’

दुई नेताबीच सवा घण्टा छलफल भएको र प्रधानमन्त्री शेरबहादुर देउवालाई मार्गप्रशस्तका लागि दबाव दिनुपर्ने निष्कर्ष पनि निकालिएको छ ।

सरकारअघि एकताको खाका

एमाले र माओवादीले नयाँ सरकार गठनअघि नै पार्टी एकताको खाका तयार पार्ने जनाएको  छ । पार्टी एकता र सरकार निर्माणलगायत विषयमा संशय पैदा हुन थालेपछि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड छिटो एकताको खाका तयार गर्दै सरकार निर्माणतर्फ लाग्ने निष्कर्षमा पुगेका छ ।

‘भेटमा एकता र सरकार निर्माणमा भइरहेको आशंका चिर्दै छिटो निष्कर्षमा पुग्ने समझदारी भएको दुवै दलका नेताहरुले बताएका छन्,’  ‘एकता र सरकार निर्माणको विषयमा दुई नेताकै तहमा धेरै कुरा छिनोफानो गरेपछि पार्टी एकता संयोजन समितिको बैठकबाट त्यसलाई अन्तिम टुंगो लगाउने तयारी छ ।’

एमाले-माओवादीबीच प्रधानमन्त्री र अध्यक्ष बाँडफाँट गर्ने, दुवै दलका अध्यक्षको संयुक्त नेतृत्व रहने तथा प्रधानमन्त्री र पार्टी नेतृत्व आलोपालो गर्ने विकल्पहरु चर्चामा छन् ।

कान्तिपुरले सरकारले कात्तिक १ गते पठाएको राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले साढे दुई महिनासम्म पनि स्वीकृत नगर्दा राजनीतिक गतिरोध बढ्नुका साथै राष्ट्रियसभा निर्वाचन, प्रदेश र केन्द्रीय सरकार निर्माणको प्रक्रिया अवरुद्ध भएको छ ।