दमक । चिनको एक उच्चस्तरीय टोलीले झापाको दमकमा निर्माण हुने औद्योगिक क्षेत्रको बिहीबार स्थलगत अध्ययन तथा अवलोकन गरेको छ । अध्ययन तथा अनुगमनकालागि चिनको ल्हासास्थितआर्थिक तथा प्राविधिक विकास क्षेत्रका उच्च अधिकारीहरु बुधबार साँझ दमकआएका हुन् । ‘चीन नेपाल यू ई इन्डस्ट्रियल पार्क’ निर्माणको समझदारीपत्र (एमओयू) बारे छलफलका लागि ल्हासाको आर्थिक तथा प्राविधिक विकास क्षेत्रको कार्यकारी समितिका उपसचिव लिउ रुपेङ नेतृत्वको १० सदस्यीय अध्ययन टोली दमक आएको हो । सोमबार नै काठमाडौं आईपुगेको टोलीले राजधानीमा पनि नेकपा एमालेका अध्यक्ष तथा निर्माणधिन क्षेत्र झापा ५ का प्रतिनिधी सभाका सांसद केपी शर्मा ओलीलगायतसंग भेटघाट गरि छलफल गरिसकेको छ । चिनियाँ टोलीले मंगलबार र बुधबार गरि दुई दिनमा राजधानीमा उद्योग मन्त्री सुनीलबहादुर थापा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी लगायतका उच्च अधिकारीहरुलाई भेट गरि छलफल गरेको थियो । बिहीबारको अवलोकन पछि दमकमा स्थापना गर्न सकिने उद्योगहरु, भौतिक पूर्वाधार विकास लगायत विषयमा थप छलफल गरी निचोड निकाल्ने बताइएको छ । यस अघि निर्माणाधिन क्षेत्रको अवलोकन गर्न तीन पटक चिनिया टोली दमक आइसकेको छ । यो टोली अहिलेसम्मकै उच्चस्तरीय टोली हो । टोलीले दमक नगरपालिका १० मा प्रस्तावित औद्योगिक क्षेत्रको स्थलगत अध्ययन तथा अनुगमन गरेको छ । दमक नगरपालिकाको कार्यालयमा भएको संक्षिप्त कार्यक्रममा बोल्दै उपसचिव लिउ रुपेङले दमकमा निर्माण हुन लागेको औद्योगिक पार्कले चिन र नेपालको सम्बन्धलाई अझै प्रगाढ बनाउने उल्लेख गर्दै नेपालकै समृद्धि हुने आफुले बिश्वास लिएको बताए । टोलीले अनुगमन गरेपछि दमकमा निर्माण हुने औद्योगिक पार्कको डिपिआरले चाँडै नै पूर्णता पाउने निर्माणाधिन दमक क्लिन इन्ड्रस्टिएल पार्ककाअध्यक्ष गोबिन्ध थापाले बताए । २२ सय बिघा क्षेत्रफलमा चीनले औद्योगिकपार्क निर्माण गरिदिने प्रारम्भिक समझदारी भइसकेको छ । तर अहिले ५ सय ५२ बिघा मात्र जमिन प्राप्त भएको र बाँकि जमिन प्राप्तिकालागि समेत प्रक्रिया चलिरहेको दमक नगरपालिकाका अधिकृत यूवराज दाहालले जानकारी दिए । उनले नेपालमा उद्योग र रोजगारी विकासको लागि औद्योगिक पार्कमा लगानी गर्न लागेको बताए नेपालको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले चीनको उच्चस्तरीय टोलीको भ्रमणले औद्योगिक क्षेत्र निर्माणको कार्यले अझ तीव्रता पाउने दावी गरे । चीन सरकारले तीनखर्ब ३३ अर्बको लागतमा औद्योगिक पार्क बनाइदिने सम्झौता यसअघि नै भइसकेको छ ।