माेरङ । "अबैध घरेलु मदिरा नियन्त्रण गर्ने अभियान” शुक्रबार रानी प्रहरीले बिभिन्न किसीमका मदिरा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले बिराटनगर १६ स्थित दरैया बस्तीमा रहेका होटल तथा भट्टी पसलहरु चेकजाँच गर्ने क्रममा अबैध मदिरा बरामद गरेको हो ।

साँझ ५ बजे चेकजाँचको क्रममा २ सय लिटर तयारी अबस्थामा रहेको मदिरा, मदिरा बनाउन प्रयोग गरिने २७ थान भाडावर्तन लगायत बियर १७ बोतल, डाईमण्ड १९ बोतल, उमङग, १ सय ५ बोतल, गोल्डेन ओके ४४ बोतल फेला पारी बरामद गरेको हो।

बरामद मदिरा बारे आवश्यक अनुसन्धान पश्चात आन्तरिक राजस्व कार्यालय बिराटनगर बुझाईने इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।