काठमाडाै । पशुलाई सुत्केरी भत्ता ? सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, सल्यानमा महिलालाई गर्भवती हुँदा पोषण तथा आहारका लागि सुत्केरी भत्ता दिइएजस्तै सुत्केरी पशुका कृषकलाई भत्ता दिन थालिएको छ ।

 कृत्रिम गर्भाधानबाट ब्याएका पशुका धनीलाई भत्ता दिन थालिएको छ । सल्यानका पाँच किसानलाई आफूले पालेका पशुलाई कृत्रिम गर्भाधान गराएको भन्दै पशुको स्याहार र आहारका लागि २ हजार ५ सय रुपैयाँका दरले प्रोत्साहनवापत रकम वितरण गरिएको हो ।’

पशुपंक्षी विकास मन्त्रालयले वाषिर्क बजेटमै कृत्रिम गर्भाधान गराउने किसानलाई प्रोत्साहित गर्ने उद्देश्यले पशुको कृत्रिम गर्भाधान गराउने किसानलाई भत्ता दिने कार्यक्रम ल्याएको थियो । सोही कार्यक्रम सल्यानमा पहिलोपटक लागू भएको हो ।