धरान/१ नम्बर प्रदेशको राजधानी धरान या बिराटनगरमा राख्न सरकारद्धारा गठित समितीले सरकार समक्ष सुझाब पेस गरेको छ ।

शुक्रबार राती सम्म चलेको बिज्ञहरुको बैठकले प्रदेशको राजधानी धरान र विराटनगर उपयुक्त भएको निस्कर्ष निकालेको छलफलमा सहभागि एक बिज्ञले जानकारी दिएका छन् ।

समितीले धरान र इटहरीलाई प्रदेशीक राजधानीको रुपमा बिकास गर्नु पर्ने सुझाब सरकारलाई दिएको छ ।भौगोलीक अबस्था,भौतिक पुर्वाधार,हावापानी,र छिमेकी देशको सिमाना भन्दा टाढा रहेकाले धरानलाई प्रदेशीक राजधानी प्रस्ताब गरिएको छ श्रोतले भन्यो धरान सँगै इटहरीमापनि केही मन्त्रालय राख्न प्रस्ताब गरिएको छ ।

श्रोतका अनुसार नेपाली काङग्रेसले भने बिराटनगरमा राजधानी राख्न दबाब दिएको छ ।सिमा जोडिएको क्षेत्रमा राजधानी नराखौ भन्ने हाम्रो प्रस्ताब हो,तर काङग्रेसका नेताहरुले फोन नै गरेर हामीलाई विराटनगर राख्न दबाब दिएका छन् तर हामीले दबाब र प्रभाब भन्दापनि हामीले समितीले निर्धारण गरेको मापदण्डका आधारमा सिफारीस गरेका छौ समितीका एक सदस्यले बताए ।