विराटनगर । विराटनगर भौतिक पूर्वाधार युक्त सहर भएको कारण विराटनगरलाई नै राजधानी बन्नाउनुपर्ने माग राख्दै विराटनगरमा आइतबार वृहत प्रदर्शन गरिएको छ । विराटनगर माहानगरपालिकाको अगुवाइमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, राजनीतिक दलका नेता तथा अन्य संघ–संस्थाको अगुवाईमा राजधानी माग गर्दै ¥याली निकालिएको हो ।
सांसद, जनप्रतिनिध, राजनैतिक दलका नेता, कार्याकता, उद्योगी, व्यापारी, विभिन्न सघसंस्था, महानरबासीसहितको उपस्थीतिमा सहिद रंगशालाबाट सुरु भएको ¥याली बजारको विभिन्न भागको परिक्रमा गरि महेन्द्र चोकमा पुगेर कोणसभा गरिएको थियो । सभामा बोल्दै निर्वाचि सांसद, विभिन्न दलका नेता तथा अगुवाले विराटनगर भौतिक पूर्वाधार युक्त सहर भएको कारण विराटनगर नै राजधानी बनाउनुपर्नेमा जोड दिए ।
कोणसभामा बोल्दै मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद शिवकुमार मण्डलले पूर्वाधारदेखि प्रशासनिक र सम्पूर्ण हिसाबले विराटनगर उपयुक्त रहेकोले प्रदेश नम्बर १ को राजधानी विराटनगर हुने बताए । ‘सीमा नाका नजिक राजधानी हुँदैन भन्ने एक प्रकारको हल्ला फैलाएको छ,’ सांसद मण्डलले भने, ‘यस्तो हल्लाको पछि नलाग्न आग्रह गर्दछु । विराटनगर ऐतिकाहिस सरहर हो ।’ हरेक हिसबाले प्रदेशको राजधानी बन्नको लागि विराटनगर उपयुक्त रहेको उनले बताए ।
सरकारले विराटनगर बाहेक अन्य ठाउँ प्रदेशको राजधानी तोकियो भने विकास निमार्णले प्रदेश नम्बर १ पाँच वर्ष पछि पर्ने मण्डलको भनाई छ । ‘विराटनगरमा जस्तो अन्य सहरमा मन्त्रालय राख्ने प्रयाप्त भवनहरु छैन,’ मण्डलले भने, ‘कुनै कनचुसवाइ नगरी विराटनगरमा राजधानी तोक्नुपर्दछ ।’
कार्यक्रममा बोल्दै प्रदेश सांसद लिलाबल्भव अधिकारी, केदार कार्कीले प्रदेशको राजधानी बन्नको लागि प्रयाप्त मात्रमा विराटनगरमा पूर्वाधारहरु रहेकाले विराटनगर बाहेक अन्य सहर प्रदेशको राजधानी हुनै नसक्ने बताए ।
त्यसैगरी विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले विराटनगरलाई राजधानी बनाउन एक महिना अघिदेखी लागी परेको बताए । ‘प्रदेश नम्बर १ को राजधानी विराटनगरलाई बनाउन आधारसहितको कागजपत्रहरु प्रधानमन्त्री र मन्त्रालयहरुमा बुझाएको छु,’ पुराजुलीले भने, ‘प्रधानमन्त्री र दलका अध्यक्षहरु विराटनरलाई प्रदेशको राजधानी बनाउन सकारत्मक रहनुभएको छ ।’ काठमाण्डौ पछिको दोस्रो ठूलो सहर प्रदेश नम्बर १ को राजधानी विराटनगर नै हुने उनले बताए ।
त्यसैगरी उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्ययले एतेहासिक सहर विराटनगरलाई प्रदेशको राजधानी बनाउन दलका नेताहरुले षणयन्त्र गरेको बताए । ‘नेताहरुले जिल्लाको विभिन्न सहरहरुमा पुग्दा ठाउँ नै पिच्छे बोली फेर्ने गरेका छन्,’ उपाध्ययले भने, ‘प्रयाप्त पूर्वाधार रहेको विराटनगरलाई राजधानी बनाउन निर्वाचित सांसददेखि सबै राजनैतिक दल लाग्नुपर्दछ ।’
त्यसैगरी कार्यक्रममा नेकपा एमाले मोरङका अध्यक्ष विनोद ढकाल, माओवादी केन्द्रका संयोजक गोपी आछमी, संघिय समाजवादी फोरम नेपाल मोरङका अध्यक्ष राजकुमार यादव, मोरङ व्यापार संघका अध्यक्ष पवन कुमार सारडालगायले विराटनगरलाई राजधानी कायम गर्नुेपर्नेमा जोड दिए ।