उदयपुर । उदयपुर जिल्लाको दुई स्थानबाट आईतबार प्रहरीले चेकजाँचका क्रममा टाटा सुमोबाट लागूऔषध बरामद गरेको छ। साँझ ७ बजेतिर त्रियुगा नगरपालिका ६ स्थित जलजले ढाटमा खटिएको चेकिङ टोलीले सिरहाको लहानबाट गाईघाटतर्फ आउँदै गरेको ना १ ज ५६६१ र बा १५ च २२०३ नम्बरको सुमोलाई रोकेर चेकजाँच गर्दा ना १ ज ५६६१ का चालक त्रियुगा नगरपालिका १० बस्ने सागर भुजेल तथा अर्को गाडीमा सवार त्रियुगा नगरपालिका ६ बस्ने वर्ष २४ को सुरेन्द्र दास, त्रियुगा नगरपालिका १३ बस्ने वर्ष २८ को आशिस कार्कीको साथबाट डाईजोल्याप ३८ एम्पुल , फेनारगन ३६ एम्पुल र लुपिजेसिक ३८ एम्पुल फेला परेको हो । प्रहरीले तीनै जना र दुबै सवारी साधनलाई नियन्त्रणमा लिई अनुसन्धानकालागि राखेको छ।