धरानलाई १ नं. प्रदेशको राजधानी बनाउन धरानवासीले प्रधानमन्त्री समक्ष माग गरेका छन् । धरान उपमहानगरपालिको उपप्रमुख मञ्जु भण्डारीको नेतृत्व आएको सर्वदलिय सर्वपक्षिय प्रतिनिधी मण्डलले आज प्रधानमन्त्री शेर वहादुर देउवालई प्रधानमन्त्री निवास वालुटारमा भेटी ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझदै प्रधानमन्त्री देउवाले यस विषयमा सर्वदलिय सहमती खोज्न आफुले बैठक आवहान गरेको बताए । करिब २० मिनेट सम्म भएको छलफलमा धरानको भौतिक पुर्वाधार, पर्यावरण, एतिहासिकता, पहिचान, प्रदेशवासी नागरिकको सहज आवगमन र तत्काल कार्यालयहरु सन्चालनको लागी सुविधा सम्पन्न सुरिक्षित भवनहरु रहेको विषयमा विशृत आधारहरु आफुहरुले प्र्रस्तुत गरेको उपप्रमुख भण्डारीले बताए ।

नगर उप्रमुख मञ्जु भण्डारी सुवेदी नेतृत्वको प्रतिनीधी मण्डलले वुधबारै अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलार्ई समेत भेटी ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै अर्थ मन्त्री कार्कीले १ नं. प्रदेशको राजधानीको धरान बनाउ अभियान प्रति आफ्नो एकयवद्धता रहेको बताउदै प्रदेश राजधानीको लागी सुनसरी नै उपयुक्त रहेको बताएको प्रतिनीधी मण्डलका सदस्य किशोर राईले जानकारी दिए ।

स्रोतको अनुसार मन्त्री कार्की सुनसरी वाटै निर्वाचित प्रतिनीधी भएको कारणले पनि सुनसरीवासीको माग प्रति सकरात्मक रहेको र सुनसरीलाई नै अस्थायी प्रदेश राजधानी तोक्नु पर्ने पक्षमा रहनु भएको छ । आजै प्रशासन पुनसंरचना समितीको पदाधिकारीहरु संग समेत प्रतिनीधी मण्डलले भेट गरी छलफल गरेको छ ।

भेटमा धरानलाई १ नं. प्रदेशको राजधानी बनाउन किन उपयुक्त छ भनने विषयमा आफुहरुले विशृत जानकारी गरेको र समितीको तर्फवाट प्रष्ट रुपमा प्रदेशीक राजधानी लागी उपयुक्त पुर्वाधार रहेको धरान,लगायत शहरहरु सफिासिस गरिएको र यो विषय राजनैतिक निर्णयको आधारमा तोकीने भएकोले आफुहरुले कुनै ठाउ विषेश लाई सिफारिस नगरिएको र सवै ठाउको उपयुक्त पुर्वाधारको अध्यायन गरि यर्थात प्रतिवेदन समितीको तर्फवाट सरकारलाई पेश गरिएको जानकारी दिनु भएको प्रतिनिधी मण्डलका सदस्य चोत्लुङले बताए ।

धरानबाट मंगवार काठमाण्डौ आईपुगेको प्रतिनीधी मण्डलमा नागरिक समाजका अगुवा तथा एन्फा उपाध्यक्ष किशोर राई, नेपाली कांग्रेस नगर सचव श्यम पोखरेल, नेकपा(एमाले) नगर अध्यक्ष नाराण सुवेदी, माओवादी केन्द्रका नगर संयोजक चोत्लुङ, संघिय समाजवादी फोरम नेपालका जिल्ला उपाध्यक्ष ताजुव लिम्बु, धरानलाई राजधानी बानाउने स्वतन्त्र अभियान समितीका संयोजक अईन्द्र विक्रम वेघा,नेपाली कांग्रसका नेता चन्द्र प्रसाद श्रेष्ठ, नेवि संघ महामन्त्री सरोज थापा, धरान सरोकार समाजका प्रतिनीधी राजेन्द्र रिमाल, हेमरान शाक्य, सन्जय खेवाङ,एमाले युवा नेता रवि खनाल,तुलसी गौतम, लगायत रहेका छन् ।

प्रतिनीधी मण्डलले विभिन्न सरोकारवाला पक्षहरु संग आन्तरिक लविं तिव्रपारेको छ । सरकारले विहीवार प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीको तोक्ने र न्युनतम सहमती कायम गर्न लागी सरकारले सर्वदलीय बैठक आवहान गरि सकेको छ ।