धनकटा/ धनकुटालाई प्रदेश नं.१ राजधानी कायम गर्नको लागी २२ दिन देखीआन्दोलनरत राजधानी बनाउन गठित संघर्ष समितिलाई धनकुटामा रहेका राजनितिक पार्टीहरुले समर्थन गरेका छन् ।
धनकुटामा रहेका राजनितिक पार्टीहरु नेकपाएमालेका दुर्गा लिंखा, नेपालीकांग्रेसका दिनेश राई, माओवादी केन्द्रकाउज्वल किराँती, संघिय समाजवादीफोरम पार्टीका पार्वती राई, राप्रपाप्रजातान्त्रिकका टिका प्रसाद घिमिरे र नयाँशक्ति पार्टी नेपालकाविकास घिमिरे लगायतले संयुक्त विज्ञप्ती जारी गरेर पुर्ण समर्थन र सहयोग गर्ने भन्दै शुक्रबार आन्दोलन प्रति एक्यवद्धता प्रकट गरेका छन् ।
जारी विज्ञपतीमा धनकुटा वि.सं. १८४० देखीको पुर्वको प्रशासकिय केन्द्रको रुपमा रहेकाले भौगोलिक, प्राकृतिक, सामाथ्र्य, सुरक्षा, भौतिकपुर्वाधारको र सुन्दरताकाको कारण धनकुटालाईप्रादेशिक राज्यको राजधानीवनाउन पर्नेमाजोड दिएको छ । उनीहरुले धनकुटेलीजनताले राज्यको यस किसिमको उपस्थितिलाई मध्यनजर गर्दै सडक देखी सदनसम्म २२दिन देखी संचालनगरिहेकोशान्तीपुर्ण आन्दोलनमाहामी सवै पार्टीको तर्फवाट सहयोग र सहभागिताभएको अवगत गराउँदछौं विज्ञप्तीमा भनेका छन् ।
नेपालको संविधान २०७२ ले व्यावस्था गरे अनुसार राज्यको पुनःसंरचनामार्फत मुलुक७प्रदेशमाविभाजनगरि प्रत्येक प्रदेशको केन्द्र र नामराख्ने अधिकार निर्वाचितप्रदेशसभालाई भएतापनि सो निर्णय नगरेसम्मको लागीधनकुटालाई कामचलाउअस्थायी केन्द्र वाराजधानीतोक्न नेपाल सरकार समक्षआग्रहगरिएको छ ।
क्षेत्रियप्रशासक राजेश्वरमान सिंहले पुर्वाञ्चल क्षेत्रियप्रशासनकार्यालय धनकुटामा भएर पनिप्रदेश नं.१ को राजधानीकायमगर्ने अभियानमा धनकुटामा रहेका राजनितिकदल, स्थानियजनप्रतिनिधिहरु, सरोकारवाला संघ संस्थाहरुलाई वेवास्तागरि एक तर्फी सिफारिस गरिए प्रतिगम्भिर ध्यानआकर्षण भएको उल्लेख छ । प्रशासक सिंहले यस कार्य प्रति गरेको गल्तीलाई आम धनकुटेलीसंग माफीमाग्नु पर्ने पनि विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीको अन्त्यमा धनकुटालाई प्रादेशिक राज्यको राजधानी घोषणा नभएसम्मजारी आन्दोलन प्रति जस्तो सुकै मुल्यचुकाउन पछि नपर्ने, प्रतिवद्धता र एकवद्धता प्रकट गर्दै आन्दोलन प्रतिहाम्रो पुर्ण समर्थन जारी रहने राजधानीवनाउअभियानका संयोजकएवं प्रदेश सांसद निरेन राईले वताएका छन् । यता संघर्ष समितिले भने कोशिलोकमार्गमा सम्पुर्ण यातायात ठप्प बनाएका छन् भने मोटरसाईकलसमेत गुड्न दिएका छैनन् । धनकुटाको हिले, जिरोपईन्ट, ढाट, सरस्वतीचौक, आत्मारा, देव्रेवासलगायतदर्जनौ स्थानमा गाडी तेस्र्याएर टायर वालेर सडक अवरुद्ध गरिएको छ ।
आन्दोलनका कारण बजार पसल,उद्योग धन्दा, कलकारखानालगायतदिनभर ठप्प भएका छन् । शुक्रबार भने लोकमार्गमा सार्वजानिक सवारी साधनको चाप बिहिबारको झै देखिएन । बन्दमा सव्जी, दुध, सुरक्षानिकायको गाडी र प्रेसका सवारी साधनमात्र गु्ड्न दिएका छन् । शनिबारदेखी भने जिल्लाको सातै तहमा शैक्षिक संस्था, बजार, उधोग धन्दा, कलकारखाना पुर्ण रुपमा ठप्प पार्ने बताइएको छ ।