पानवारी । विभिन्न संघसंस्थाको सहभागीतामा धरानमा एक दिने निःशुल्क दन्तशिविर शनिबार सम्पन्न भएको छ । उद्यमशलि मनि ट्रान्सफर र युवा नेतृत्व समाजको आयोजना र बराह डेन्टल केयर प्रा. लि. धरानको सहकार्यमो निः शुल्क दन्त शिविर सम्पन्न भएको थियो । धरान–५ देउरालीमा रहेका सुकुम्बासी बस्तीलाई लक्षित गरेर आयोजना गरिएको निःशुल्क दन्त शिविरमा स्थानीय २ सय ५० भन्दा बढि लाभान्वित भएको उद्यमशिल मनि ट्रान्फरका विकि श्रेष्ठले जानकारी दिए । निःशुल्क दन्त शिविर हिमाली मा.वि. मा सम्पन्न भएको थियो भने बराह डेन्टल केयर प्रा. लि. धरानका चिकित्सकहरुले दन्त परीक्षण गरेका थिए ।