पथरी । मोरङको कानेपोखरी– ६ मा स्थापीत रमाइलो सहकारी संस्था लिको २४ औँ चुनावी साधारण सभाबाट टंकबहादुर अधिकारी भारी मत ल्याई प्यानल नै बिजयी भएका छन् । संस्थाको शनिबार भएको निर्वाचनमा अधिकारीले २३ सय ४५ मत ल्याई संस्थाको अध्यक्ष पदमा विजयी भएको हो । अध्यक्षका प्रतिद्धन्दी मनकुमारी गुरुङले १३सय ४५ मत ल्याएका थिए । त्यसैगरी उपाध्यक्षमा यशोदा लिम्बूले १२ सय ३० मत ल्याएर विजयी भएका थिए भने उपाध्यक्षको प्रतिद्धन्दी मातृका कोइरालाले ७९५मत ल्याएका थिए । त्यसैगरी कोषाअध्यक्ष डिल्ली ओझाले १२९७ मत ल्याई विजयी हुदा प्रतिद्धन्दी सिताराम खतिवडाले ७०१ मत ल्याएका थिए । सचिव युवाराज दवाडी र लेखा संयोजक एविन पाठक,लेखा सदस्य गोकुल(किशोर) भट्टराई सर्वसहत भएका थिए । त्यसैगरी सदस्यहरुमा महिला सदस्यमा प्रमिला धिमाल,सुशिला धिमाल,गीतादेवी बस्नेत,दुर्गाकुमारी तामाङ विजयी भएका छन् । त्यसैगरी खुल्ला सदस्यहरुमा गणेश सुवेदी,हरिप्रसाद अधिकारी,अनिल कार्की,तिर्थ चौलागाईँ राजकुमार लिम्बू र वोधनारायण राजवंशी विजयी भएका छन् ।त्यसैगरी लेखा सदस्यमा सावित्री धिमाल विजयी भएका हुन् । चुनावी साधारणसभामा टंकबहादुर अधिकारीको प्यानल एमाले र माओवदी केन्द्र गठबन्धन बाट उमेदवार दिएका थिए । जस्मा एमालेले माओवादी केन्द्रलाई १ लेखा सदस्य,१महिला सदस्य र दुई जना खुल्ला सदस्य दिएर चुनावी मैदानमा गएका थिए । त्यसैगरी नेपाली कांग्रेस पार्टीबाट मनकुमारी गुरुङको नेतृत्वमा चुनावी मैदानमा उत्रिएका थिए । इतिहास देखि नै साविक बयरवन गाविसमा बिभिन्न संघसंस्थामा नेकपा एमालेको बहुमतले नेतृत्व गर्दै आएको छ । स्थानीय तहमा पनि कानेपोखरी गाउँपालिकामा प्राय १ र ३ बाहेक सवै वडा नेकपा एमालेले जितेको छ । त्यसैले यस भन्दा अघिको चुनावी साधारण सभामा माओवाी केन्द्र र कांग्रेसलाई दुई र तिन सदस्य पदहरु दिएर अरु सवै एमालेले राखेर सहमतीमा कार्यसमिति बन्ने गरेको थियो । प्रतिनिधि सभाको चुनाव एमालेले जितेपनि प्रदेश सभाको चुनाव भने क्षेत्र ३ क मा नेपाली कांग्रेसले जिते पछि अलिकति कांग्रेसको कार्यकर्तामा साहस बढेको देखिन्छ । त्यसैले नेपाली कांग्रेस आफ्नो प्यालन नै बनाएर चुनवी मैदानमा उत्रिएका थिए । साविक बयरवन गाविस रमाइलोमा रहेको रमाइलो साकोस र जनएकता साकोसलाई त्यस स्थानको राजनितिक पार्टीहरुले मुख्य स्थानको रुपा हेर्ने गरेका छन् । रमाइलो साकोसमा अहिले ७ वटै वडाको महिला र पुरुष गरेर ४२०२ सदस्य संख्या रहेका छन् । संस्थाले यस बर्ष १ करोड ५ लाख ६६ हजार ९ सय ८ रुपौया शुद्ध बचत गरेको छ । गत बर्ष ८२ लाख ४० हजार रुपैया शुद्ध बचत गरेको थियो । गत बर्षको तुलनामा २८ दशमलब२३ प्रतिशतले बृद्धि भएको संस्थाका निवर्तमान अध्यक्ष ताराबहादुर काफ्लेले बताए ।