मेची–काली रेलमार्ग धमाधम झण्डै नौ वर्षअघि सम्भाव्यता अध्ययन सम्पन्न भएको मेची–महाकाली रेलमार्गको काम पनि धमाधम भइरहेको छ । सन् २००९ मा पूर्व–पश्चिम नौ सय ४६ किलोमिटर रेलसहित काठमाडौं–पोखरा १ सय ८८ किलोमिटर रेल मार्गको पनि सम्भाव्यता अध्ययन भएको थियो । ९ वर्षसम्ममा कुल ८ अर्ब ६३ करोड रुपैयाँ खर्चा भइसकेको छ । विभागले जनाए अनुुसार कुल ६ सय १९ किलोमिटर रेल मार्गको डीपीआर पनि सम्पन्न भइसकेको छ । अहिलेसम्म विभागले पूर्वदेखि पश्चिमसम्म कुल ९ खण्डमा विभाजन गरेर डीपीआर तयार पारिएको छ । अहिलेसम्म कुल पाँचवटा कन्सल्टेन्टहरुले बुटवल पूर्व सबै खण्डको डीपीआर सम्पन्न भइसकेको र बाँकी चार खण्डको पनि डीपीआरको काम सुरु भइसकेको छ । इन्जिन किने नेपालमा यसै वर्ष रेल भारत सरकारको सहयोगमा निर्माण भइरहेको जनकपुर–जनकपुर रेलमार्गमा लिक निर्माणको काम अन्तिम चरणमा पुगे पनि लिकमा गुडाउने इन्जिनको विषयमा सरकार अझै अनविज्ञ छ । सरकारले इन्जिन किने यसै वर्ष नेपालमा रेल गुड्ने छ । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भने लिकमा गुडाउने इन्जिन खरिदको विषयमा छलफलसमेत सुरु हुन सकेको छैन ।