दमक/ झापाको दमकस्थित हम्सेदुम्से सामुदायिक वननजिकै एकजना भुटानी शरणार्थी मृत अवस्थामा फेला परेका छन्।
दमकस्थित बेलडाँगी १ मा रहेको भुटानी शरणार्थी शिविर छाप्रो नम्बर २३६ का ३३ वर्षीय रघुनाथ गुरुङ बिहान मृत अवस्थामा फेला परेका हुन्।
मंगलबार बिहान सडक किनारामा गुरुङको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनको मृत्युको कारण केही नखुलेको र अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन्।