-
Home
-
सिनेमा
-
उपमेयरले श्रीमानलार्इ बैठकमासँगै राख्न खाेजेपछि भाडभैलाे
उपमेयरले श्रीमानलार्इ बैठकमासँगै राख्न खाेजेपछि भाडभैलाे
कार्यपालिका बैठकमा श्रीमानलाई बस्न दिनुपर्ने माग उपमेयरले गरेपछि बैठक नै प्रभावित भएको छ ।
बाराको पचरौता नगरपालिकाकी उपमेयर इन्दुकुमारी यादवले नगर कार्यपालिका बैठकमा श्रीमानलाई बस्न दिनुपर्ने प्रस्ताव राखेपछि बैठक बस्न सकेको छैन । श्रीमान विनोद यादवलाई बस्न नदिए नगरसभा नै रोक्ने उनले चेतावनी दिएकी छन् ।
उपमेयर इन्दुकुमारी यादवले श्रीमानलाई सल्लाहकारका रुपमा नगर कार्यपालिकाको बैठकमा सहभागी गराउने प्रस्ताव गरेकी थिइन् । तर कार्यपालिका बैठकमै सहभागी गराउन कानूनतः नमिल्ने भन्दै एक सदस्यले आपत्ति जनाएका थिए । लगत्तै उनले श्रीमानलाई बस्न नदिए नगरसभा बस्न नदिने चेतावनी दिएकाे खबर छ ।
‘पचरौता नगरपालिकाको सभा माघ २१ मा बस्दैछ । योजना तथा तर्जुमा छनौटका लागि उपमेयर यादवलाई संयोजक बनाइएको थियो’, ‘योजना तथा तर्जुमा छनोट समिति बनाउन बसेको बोर्ड बैठकमा उपमेयरले आफूनिकट व्यक्तिलाई सल्लाहकार तथा सहयोगी राख्न पाउनुपर्ने माग राखेपछि विवाद चर्किएको हो ।’