घाँटिको भित्र पट्टीको भागमा ब्याक्टेरियल इन्फेक्सन हुनुलाई टन्सिल भनिन्छ । मौसम बदलिनाले टन्सिलको समस्या देखा पर्छ । सामान्यतया चिसो मौसममा धेरै मानिसहरुलाई यो समस्याले सताएको हुन्छ । यसबाट बच्नको लागि हामीले यसको लक्षण र यसको उपचारको बारेमा थाहा पाउनु जरुरी हुन्छ ।

टन्सिलबाट बच्ने घरेलु उपाय १. नुन पानीले कुल्लाः घाँटीको समस्याको लागि नुन धेरै नै उपयोगी हुन्छ । मनतातो पानीमा एक चम्चा ढिका नुन मिसाएर कुल्ला गर्नाले ब्याक्टेरिया मर्छन् र तपाईलाई आराम मिल्छ । २. लसुनः उम्लिरहेको पानीमा केही पोटी लसुन हालेर राम्रोसँग उमाल्नुहोस् । यो पानी हल्का चिसो भएपछि कुल्ला गर्नुहोस् । यसले घाँटिको खसखस ठिक हुन्छ र गन्धको समस्या पनि ठिक हुन्छ । ३. अदुवाः तातो पानीमा कागतीको रस र ताजा अदुवा पिसेर मिसाउनुहोस् । उक्त पानीले हरेक घन्टा कुल्ला गर्नुहोस् । यो तातो हुनाले आराम दिलाउन मद्धत गर्छ । यसको अलावा अदुवा राखेको चिया पिउनाले पनि आराम मिल्छ । ४. महः तातो वा मनतातो पानीमा कागतीको साथमा मह मिसाएर प्रयोग गरेमा घाँटिको दुखाई धेरै नै कम हुन्छ र टन्सिल पनि छिट्टै ठिक हुन्छ । ५. दुधः काँचो मेवाको दुध मिसाएर कुल्ला गर्नाले पनि टन्सिलबाट आराम मिल्छ । यसबाहेक एक कप तातो दुधमा आधा चम्चा पिसेको बेसार मिसाएर पिउनाले पनि चाँडै टन्सिल ठीक हुन्छ ।