बलिउडका कलाकारहरुबीच फेयरनेसका प्रोडक्ट्सको विज्ञापन गर्ने या नगर्ने भन्ने बहस चलिरहेका बेला नायक सुशान्त सिंह राजपुतले ठूलो निर्णय गरेका छन् ।
सुशान्तले एक फेयरनेस क्रिमको विज्ञापन गर्न अस्वीकार गरेका छन् । जुन विज्ञापन गरेवापत सुशान्तलाई १५ करोड रुपैयाँको अफर गरिएको थियो ।
सुशान्त सिंह राजपुतले भनेका छन्, ‘यस्ता सौन्दर्य प्रशाधनको विज्ञापन गर्नु भनेको आम मानिसलाई गलत सूचना दिनु हो ।’ उनले यो पनि भने, ‘जुन विज्ञापनले मानिसलाई आफ्नो अनुहारको रंगप्रति सोच्न बाध्य बनाउँछ, मलाई त्यस्तो क्रिमको विज्ञापन गर्नु छैन ।’
यसअघि सन् २०११ मा नायक रणवीर कपूरले पनि फेयरनेस अर्थात अनुहार गोरो बनाउने क्रिमको विज्ञापन गर्न अस्वीकार गरेका थिए ।
नायिका कंगना रणावतले पनि फेयरनेस क्रिमको विज्ञापन गर्नका लागि उनलाई दिइएको २ करोडको प्रस्तावलाई अस्वीकार गरिदिएकी थिइन् ।
यस्तै नायक रणदीप हुडा, नायिका कल्की कोचलिन, स्वारा भास्करले पनि फेयरनेस क्रिमका विज्ञापनलाई ठाडै अस्वीकार गरिदिएका थिए । किन गरे सुशान्त सिंह राजपुतले १५ करोडको प्रस्ताव अस्वीकार ?
बलिउडका कलाकारहरुबीच फेयरनेसका प्रोडक्ट्सको विज्ञापन गर्ने या नगर्ने भन्ने बहस चलिरहेका बेला नायक सुशान्त सिंह राजपुतले ठूलो निर्णय गरेका छन् ।
सुशान्तले एक फेयरनेस क्रिमको विज्ञापन गर्न अस्वीकार गरेका छन् । जुन विज्ञापन गरेवापत सुशान्तलाई १५ करोड रुपैयाँको अफर गरिएको थियो ।
सुशान्त सिंह राजपुतले भनेका छन्, ‘यस्ता सौन्दर्य प्रशाधनको विज्ञापन गर्नु भनेको आम मानिसलाई गलत सूचना दिनु हो ।’ उनले यो पनि भने, ‘जुन विज्ञापनले मानिसलाई आफ्नो अनुहारको रंगप्रति सोच्न बाध्य बनाउँछ, मलाई त्यस्तो क्रिमको विज्ञापन गर्नु छैन ।’
यसअघि सन् २०११ मा नायक रणवीर कपूरले पनि फेयरनेस अर्थात अनुहार गोरो बनाउने क्रिमको विज्ञापन गर्न अस्वीकार गरेका थिए ।
नायिका कंगना रणावतले पनि फेयरनेस क्रिमको विज्ञापन गर्नका लागि उनलाई दिइएको २ करोडको प्रस्तावलाई अस्वीकार गरिदिएकी थिइन् ।
यस्तै नायक रणदीप हुडा, नायिका कल्की कोचलिन, स्वारा भास्करले पनि फेयरनेस क्रिमका विज्ञापनलाई ठाडै अस्वीकार गरिदिएका थिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।