विराटनगर/जाडोसँगै तराईको जिल्लाहरुमा सीतलहरकाे प्रकाेप बढेपछि सिताराम कट्टटेल धुर्मुस न्योनो कपडा वितरण गर्दै पूर्वी जिल्लामा आइपुगेका छन् । [caption id="attachment_68998" align="alignnone" width="1920"] जाडोको न्यानो कपडा वितरण गर्दै धुर्मुस र मेयर पराजुली । तस्विरः अनिल श्रेष्ठ[/caption] धुर्मुस सुन्तली फाउन्डेसनमार्फत जाडोको न्यानो कपडा वितरण गर्दै शनिबार धुर्मुस विराटनगर आइपुगेका हुन् । उनले फाउन्टडेसनमार्फत विराटनगर – १ का बाढी पीडित ३ सय घर परिवारलाई जाडोको न्यानो कपडा वितरण गरे । विराटनगर महानगरपालिको समन्यमा धुर्मुसले उक्त वडाका आर्थिक विपन्न सामुदायिका बाढी पीडितलाई न्यानो कपडा वितरण गरेका हुन् । स्थानीय प्रशासनसँग समन्वय गरेर तराईको जिल्लाहरुमा रहेका आर्थिक विपन्न सामुदायलाई जाडो छल्ने कपडा वितरण गरेको उनले जानकारी दिए । ‘तराईको पश्चिम बारा जिल्लाबाट जाडोमा न्यानो कपडा वितरण गर्ने अभियान सुरु गरेको छु,’ उनले भने, ‘पूर्वको सुनसरीमा पुगेर यो अभियान सकिनेछ । अभियान भरीमा ३३ सय घर परिवारलाई जाडोको न्यानो कपडा वितरण गर्ने लक्ष्य बनाएको छु ।’ शनिबार मोरङसम्म आइपुग्दा २९ सय आर्थिक विपन्न सामुदायका घरपरिवारलाई जाडाको न्यानो कपडा वितरण गरेको उनले बताए । उनका अनुसार आइतबार सुनसरीको इनरुवामा न्यानो कपडा वितरण गर्ने बताए । यसअघि रौतहट, सर्लाही, धनुषा, महोतरी सर्लाही, सप्तरीमा न्यानो कमल वितरण गरिसकेको फाउण्डेसनले जनाएको छ । अहिले वितरण गरिरहेको न्यानो कमल एनआरएनले आरसिसि चाइनाबाट सहयोग प्रदान गरेकाले वितरण गरिएको उनले जानकारी दिए । यस्तै धुर्मुस सुन्तरी फाउण्टडेसनबाट निमार्ण कार्य सुरु भइरहेको एकीकृत आवास निर्माण अभियान अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । सन्तपुर बस्ती निमार्ण कार्य भइरहेको बस्तिको ९० प्रतिशत पुरा भएको उनले बताए । आउँदो माघको पहिला सातामा उक्त बस्ती भूकम्प पीडितलाई हस्तान्तरण गर्ने उनले जानकारी दिए । मेयरद्धारा १ लाख १ हजार रुपैयाँ सहयोग सोही अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले १ लाख १ हजार ११ रुपैया धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गरेका छन् । शनिबार आयोजित न्यानो कपडा वितरण कार्यक्रममा प्रमुख पराजुलीले फाउन्डेसनका अध्यक्ष धुर्मुसलाई उक्त बरावरको चेक हस्तान्तरण गरेका हुन् । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको आवास निर्माणमा सहयोग पु¥याउन सहयोग गरेको प्रमुख पराजीले बताए ।