इटहरी । नेपाल रेडक्रस सोसाईटी इटहरी उपशाखाको २० औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा छोटो अवधिमा नै सामाजिक सेवाका क्षेत्रमा विशिष्ठ योगदान पु¥याएको भन्दै इटहरीका किशोरहरु युवा विकास कन्द्रका अध्यक्ष अरुण खड्का र युथ फर ब्लडका केन्द्रिय अध्यक्ष अतित गुरागाईलाई सम्मान गरिएको थियो ।

सुनसरी क्षेत्र न ३ का प्रदेश सभा सदस्य लिलम बस्नेत, रेडक्रस केन्द्रिय सदस्य बासुदेव गौतम, वडा नम्बर ६ का अध्याक्ष दीपक गौतम, किशोर भण्डारी नेपाल पत्रकार महासंघका अध्याक्ष अमर खड्का लगायतले साधारणसभा समारोहको सफलताको शुभकामना ब्यक्त गरेका थिए । नेपाल रेडक्रस सोसाईटी उपशाखा इटहरीका अध्यक्ष बिमल पौडेलेको अध्यक्षतामा भएको बीसौ बार्षिक साधारणसभा समारोहमा एक सय तीन जना आजीवन सदस्यहरुलाई आजीवन सदस्यता प्रदान गरिएको थियो ।

त्यसैगरी सोही समारोहमा अन्य विभिन्न क्षेत्रमा योगदान पु¥याएकाहरुलाई पनि पुरस्कार प्रदानसँगै सम्मान समेत गरिएको थियो ।