विराटनगर । महिन्द्रा एण्ड महिन्द्रा कम्पनी प्रालीले नयाँ उत्पादन ‘सुप्रो कार्गो भ्यान’ बजारमा ल्याएको छ । आरती अटो मुर्भस प्रालीले विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना नयाँ सुप्रो भ्यान बजारमा आएको जानकरी गराएको हो । दुगड ब्रदर्स एण्ड प्रालिका पूर्वाञ्चल व्यापार प्रमुख युवराज गौतम, आरती अटो मुभर्स प्रालीका अध्यक्ष किरण भट्टराई, प्रबन्धक निर्देशक डिल्लीराज बस्नेत र संचालक सुर्य बहादुर दाहालले सयुक्त रुपमा भ्यानको उद्घाटन गरे । दुगड ब्रदर्स एण्ड सन्स प्राली काठमान्डौ र कोशी अञ्चलका लागी आधिकारिक विक्रेता आरती अटो मुर्भस प्राली विराटनगरले कार्गो भेनको विक्री शुभारम्भ गरेको हो । डिजेलबाट चल्ने सुप्रो कार्गो भ्यान मालसामानको लागी ढुवानीका लागी उत्पादन गरिएको दुगड ब्रदर्स एण्ड प्रालिका पूर्वाञ्चल व्यापार प्रमुख युवराज गौतमले जानकारी दिए ।करिव १ हजार टन सम्म क्षमता भएको भ्यान विशेष गरी व्यावसायीको लागी उपयुक्त रहेको उनले जानकारी दिए । कार्गोले अत्याधिक माईलेज दिने १ लिटर डिजलबाट बराबर २० किलोमिटर गुड्न सक्ने र २३ सय ३० लिटर भोल्युम क्षमता रहेको छ । सुप्रो कार्गो भ्यानको नेपाली बजार १३ लाख ५० हजार रहेको छ । कम्पनीले शुभारम्भ गरेको पहिलो दिन खरिद गर्नेलाई ५० हजार छुटको व्यावस्था गरेको छ । शुभारम्भ भएको पहिलो दिन विराटनगर ६ का मोहन कुमार भगतले खरिद गरे सँगै उनलाई कम्पनीले नगद ८० हजार बराबर छुट दिएको थियो ।