काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले धनकुटाको खोकु छिन्ताङमा मारिएका व्यक्तिलाई शहीद घोषणा र क्षतिपूर्ति दिने सरकारको निर्णय स्वागतयोग्य भएको बताउनुभएको छ । वरिष्ठ नेता पौडेलले आज एक विज्ञप्ति जारी गरी पञ्चायत होस् वा सबै खाले अधिनायकवादविरुद्ध र लोकतन्त्रको पक्षमा पटकपटक संघर्ष गर्दा ज्यान गुमाएका व्यक्तिलाई शहीद घोषणा गर्नुपर्ने र सम्पत्ति खोसिएकाको उचित प्रबन्धसहित क्षतिपूर्ति दिन माग गर्नुभयो । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले धनकुटाको खोकु छिन्ताङमा २०३६ सालमा मारिएका १६ जनालाई शहीद घोषणा गरी रु दश÷दश लाख राहत दिने निर्णय गरेको थियो ।
शहीद घोषणा स्वागतयोग्यः वरिष्ठ नेता पौडेल
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































