तरहरा । तरहरा जेसीजको २० औ शाखा अधिवेशनले अध्यक्षमा निरकाजी गिरी शेखरलाई शनिवार सर्वसम्मत चयन गरेको छ । शुक्रबारबाट सुरु भएको अधिबेसनमा अध्यक्षमा गिरीकोमात्र उम्मेद्धारी परेकाले सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको निर्वाचन अधिकृत मेदनकुमार घिमिरेले जानकारी दिए।
कार्यकारी उपाध्यक्षमा ७ जनाको उम्मेद्धारी परेको भएपनी ३ जनाले मात्र उम्मेद्धारी फिर्ता लिएपछी निर्वाचन भएको थियो । बिधान अनुसार दुईजना कार्यकारी उपाध्यक्ष चाहिनेमा चार जनाबीच निर्वाचन भएको थियो । कार्यकारी उपाध्यक्षमा उम्मेद्धारी दिएका वसन्त घिमिरे, मिलन गुरुङ्ग, र भुपाल गुरुङ्गले फिर्ता लिएपछी रिता भुषाल, उमेश राई, भरत गिरी र प्रदिप केसी बीच निर्वाचन भएको थियो । चारजना बीच भएको निर्वाचनमा रिता भुषाल र उमेश राई बिजयी भए निर्वाचन अधिकृत घिमिरेले भने । अधिबेसनले सन्तोष कट्वाल, बहादुर तामाङ्ग, नुतन लुईटेल र होमनाथ खड्कालाई सर्वसम्मत उपाध्यक्षमा चयन गरेको छ । सचिवमा मेनुका गिरी र जनसम्पर्क अधिकारीमा कमल प्रसाद दाहाल सर्वसम्मत निर्वाचित हुनुभएको जनाइएको छ । हिजोदेखी सुरु भएको अधिबेसनले महाँसचिव, कार्यकारी उपाध्यक्ष, उपाध्यक्ष, सचिव लगायतको प्रतिबेदन समेत पास गरेको थियो । अधिबेसनले नयाँ नेतृत्व चयन गरेको भएपनि पदस्थापन पछिमात्र बोर्डले कार्य सुरु गर्ने बिधान रहेको शाखा अध्यक्ष मुकुन्दराज कार्कीले जानकारी दिए।।