उदयपुर । उदयपुरको चौदण्डी नगरपालिका-२ स्थित लामा खोला नजिकै शनिबार ट्याक्टरबाट लडेर एक युवककको ज्यान गएको छ।
ज्यान गुमाउनेमा १८ बर्षिय सन्तोष खत्री रहेका छन्। खत्री अपरान्ह ४ बजेतिर ना २ त ९२३० नम्बरको ट्याक्टरबाट लडेर गम्भिर घाइते भएका थिए। उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा बेलुका ८ बजे मृत्यु भएको हो।
ट्याक्टरका चालक प्रहरी चौकी बसाहको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।
यता मोरङको पथरीशनिश्चरे नगरपालिका-८ मिलन चोकमा साँझ ६ बजेतिर दक्षिणबाट उत्तरतर्फ आउदै गरेको को १५ प ३२९३ नम्बरको मोटरसाइकल र उत्तरबाट दक्षिणतर्फ जादे गरेको को ३१ प ९९८७ नम्बरको दुई वटा मोटरसाइकल आपसमा ठोक्किदा ९९८७ नम्बरको मोटरसाइकल चालक पथरी शनिश्चरे नगरपालिका -४ बस्ने ४६ बर्षिय देबेन्द्र कार्की,पछाडी सवार उनकै बहिनी ३५ बर्षिय बिमला कार्की अर्का मोटरसाइकल चालक सोही ठाउँका ४० बर्षिय घनश्याम चौधरी घाइते भएका छन्।
उनीहरुको मोरङ अस्पताल पथरीमा उपचार भई रहेको प्रहरी चौकी कुशेचौरीले जनाएको छ।