धरान/ रोट्याक्ट क्लब अफ धरान घोपा र इटहरीको सयुक्त आयोजनामा स्तन क्यानसर सम्बन्धि जाँच तथा सचेतना कार्यक्रम शनिबार सम्पन्न भएको छ ।इटहरी ८ स्थित टेङग्राटोलिमा रहेको सेतो गुरास वाल विकासमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

स्थानिय मुसहत बस्तिका महिलाहरुलाई लक्षितगरि आयोजना गरिएको कार्यक्रममा २० देखि ८० बर्ष उमेर समुहका ५५ जना महिलाको स्तन परिक्षण गर्नुका साथै सचेतना गराइएको रोट्याक्ट क्लब अफ धरान घोपाकी जन सम्पर्क प्रमुख तुलशा कार्कीले जानकारी दिइन ।

२५ जना रोटयाक्टरहरुको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा ६ जना महिलाहरुमा तत्काल उपचार आवश्यक्ता रहेको पाइएको कार्यक्रम संयोजक रोक्याक्ट क्लब अफ धरान की कम्युनिटी सर्भिस निर्देशक उर्मिला देवानले जानकारी दिइन ।महिलाहरुमा स्तन क्यानसर सम्बन्धि सचेतनाको अभाबले सास्ती खेप्नु परिरहेको भन्दै सचेतनाका कार्यक्रमहरु आयोजना गरिएको उनले बताइन ।

कार्यक्रममा महिलाहरुलाइ आफैले परिक्षण गरेर स्तन क्यानसर कसरी थाहा पाउने भन्ने बारेमा प्रयोगात्मक परिक्षण समेत गराएको जन सम्पर्क प्रमुख तुलसा कार्कीले बताइन ।