विराटनगर/ पाँचथर र मोरङमा आइतबार भएको सवारी दुर्घटनामा ३ जना घाइते भएका छन्।

पाँचथरको फिदिम नगरपालिका- १२ पुलभन्ञ्याङमा नागिनबाट फिदिमतर्फ आउँदै गरेको ना २ ख ६३९४ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा ट्रकका चालक पाँचथर फिदिम नगरपालिका-४ बस्ने २४ बर्षिय अर्जुन थापा र सह-चालक झापा चारआली-४ बस्ने १९ बर्षिय पासाङ तामाङ घाइते भएका छन्।

घाइते दुवैलाई उपचारकोलागी जिल्ला अस्पताल ल्याइएको अस्थायी प्रहरी चौकी नागिनले जानएको छ। यता मोरङको विराटनगर महानगरपालिका- ४ बरगाछी चोकमा दक्षिणबाट उतरतर्फ आउँदै गरेको बा ५७ प ३६६३ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक विराटनगर महानगरपालिका- १२ बस्ने २९ बर्षिय रबिसागर राई घाइते भएका छन्।

उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरेहको सि आर भी बरगाछीले जनाएको छ।