भद्रपुर । नेपालका लागि भारतीय राजदूत मनजीव सिहं पुरीले नेपाल– भारत सीमावर्ती नाकामा निर्माणाधीन अवस्थामा रहेको भद्रपुरको मेची पुललाई एसियन हाइवेसंग जोड्ने बताएका छन् । निर्माण कार्य अन्तिम चरणमा पुगेको मेची पूल सीमावर्ती नजिकै रहेको एसएसबी १९ बटालियनले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा आएका भारतीय राजदूत पुरीले यस्तो बताएका हुन् । झापा जिल्लाको भद्रपुर र भारतको विहार तथा बंगाल राज्यसंग जोडिएको मेची पुल निर्माण पश्चात एसियन हाइवेसंग जोड्दै दुवै देशको आयात निर्यातलाई सहज बनाइने बताए । पुलको निरीक्षण समेत गरेका भारतीय राजदूत पुरीले नेपाल– भारतको प्रमुख सीमावर्ती नाकामा ठूला ठूला योजना सुरु भइसकेकोले सोही योजना यस क्षेत्रमा सुरु गर्ने प्रतिवद्धता जाहेर गरे । भद्रपुरको मेची पुल निर्माण भएसँगै यो नाकाबाट आवातजावत बढ्ने उनको धारणा थियो । यसले दुवै देशका नागरिकलाई फाइदा हुने हुदा नाकाबाट आयात–निर्यात पनि वृद्धि हुने भएकोले भन्सारको स्तोरनन्तीका लागि पहल गरिने बताए । उनले पुलको निर्माण अवस्थाको बारेमा समेत जानकारी लिएका थिए । निर्माणाधीन पुल भारतको विहार राज्यसंग जोड्ने योजनाका साथ भारतीय पक्षले सडक निर्माणको कानुनी प्रक्रिया समेत सुरु गरिसकेको सहभागिले उनलाई जानकारी गराएका थिए । दक्षिणी झापाबासीको सात दशकदेखिको संघर्ष र दवाव पश्चात निर्माण कार्य सुरु भएको बहुप्रतिक्षित मेची पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । माघ अन्तिममा पुलको काम सकिने निर्माण कम्पनी अनक एण्ड सूर्य कन्ट्रक्सनले जनाएको छ । पुलको निर्माण कार्य सकिएपनि सडक निर्माण कार्यमा ढिलासुस्ती भइरहेको छ । नेपालमै पहिलो पटक बन्न लागेको मेची पुलमा (उष्चभ कतचभकक उयकत तभलकष्यलभम) प्रविधियुक्त सामग्री जडान गरिएको छ । तत्कालीन उपप्रधान एवंम भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले २०६८ माघ २१ गते मेची पुलको शिलान्यास गर्दै तीन बर्ष भित्र पुल निर्माण हुने दावी गरेका थिए । तर, गच्छदारले बोलेको कुरा तीन बर्षमा नभएर बल्ल ७ बर्ष पूरा हुन लागेको छ । पुलको कुल लागत करिब ३३ करोड रहेको छ । पुलको लम्बाई ५ सय ६० मिटर र चौढाई ११ मिटर छ ।