विराटनगर/ १ नम्बर प्रदेश अन्तर्गत विभिन्न जिल्लामा सोमबार भएको सवारी दुर्घटनमा १६ जना घाइते भएका छन्।
मोरङः मोरङको ग्रामथान गाउँपालिका- ५ तेतरिया स्थित बिराटनगर-बिराटचोक सडक खण्डमा साँझ ५ बजेतिर को १० प ९३४५ नम्बरको मोटरसाइकल र को २७ प ७५०० नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा सुन्दरहरैचा नगरपलिका-७ बस्ने ३१ बर्षिय देव नारायण चौधरी, श्रीमती २४ बर्षिया कन्चना चौधरी र ३१ बर्षिय जितेन्द्र भगत घाइते भएका छन्। घाइते सबैको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय हरैचाले जनाएको छ।
सुनसरीः सुनसरीको इटहरी-५ महेन्द्र राजमार्गमा साँझ ५ बजेतिर को २ प १२०२ नम्बरको मोटरसाइकले पैदलयात्री सुनसरी ईटहरी-१६ बस्ने ६० बर्षिय लक्ष्मण सुवेदी र उनकै नाती अन्दाजी ७ बर्षिय प्रसान सुवेदीलाई ठक्कर दिएको छ। दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका लाल बहादुर काफ्ले र पछाडी सवार युवराज बस्नेत समेत घाईते भएकाले घाइते सबैको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जानएको छ।
झापाः झापाको कनकाइ नगरपालिका-८ स्थित भित्री सडक खण्डमा अपरान्ह ४ बजेतिर लक्ष्मिपुरबाट घैलाडुब्बा जादै गरेको मे १ह ४१४५ नम्बरको अट्टोले विपरित दिशाबाट आउदै गरेको मे ६ प ५१० नम्बरको स्कुटीलाइ जोगाउने क्रममा अनिन्त्रित भइ दुर्घटना हुँदा अट्टोका चालक कन्काइ नगरपालिका-९ बस्ने ५३ बर्षिय लाइन बहादुर भण्डारी,सोही ठाउँका ४५ बर्षिय बिपिन चौधरी,बाह्रदर्शि गाउँपालिका-७ बस्ने १७ बर्षिया करिष्मा बस्नेत, जिल्ला तेह्रथुम आठराइ गाउँपालिका-६ बस्ने ६८ बर्षिय मदन बहादुर कार्की, र सोही ठाउँका १४ बर्षिय सुशान कार्की घाइते भएका छन्।
घाइते सबैको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ। स्कुटरका चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।
यस्तै झापाकै कमल गाउँपालिका-४ ज्योती चोकमा साँझ ५ बजेतिर मे २ प ३७ नम्बरको मोटरसाइकल र मे २ प ११७५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दमक नगरपालिका-५ बस्ने ३५ बर्षिय जिवन किस्कु, ईलाम बाझो -९ बस्ने २८ बर्षिय डिल्लीराम लिम्बु, झापा कोरोबारी-१ बस्ने २० बर्षिय रमेश तामाङ र जिल्ला पाँचथर फाल्गुनन्द गाउँपालिका-८ बस्ने १७ बर्षिय शितल लिम्बु घाइते भएका छन्। उनीहरुको धरान तथा दमकमा उपचार भइरहेको प्रहरी चौकी केर्खाले जनाएको छ।