धरान/धरान उप–महानगरपालीकाले मङगलबार २० औ भुकम्प सुरक्षा दिवस सम्पन्न गरेको छ । धरान उप–महानगरपालिकामा भएको कार्यक्रममा बोल्दै धरानका मेयर तारा सुब्बाले विपत ब्यबस्थापनको पुर्व तयारीलाई गम्भिरताका साथ हेरिएको बताए । धरानलाई विपत ब्यबस्थानमा सवल बनाउन उपमहानगरले आवश्यक निती लिएको मेयर सुब्बाले बताए ।
कार्यक्रममा धरान उप महानगरपालीकाका शहरी विकास महाशाखाका प्रमुख इन्जीनियर सुरज श्रेष्ठ धरान भुकम्पको विनासबाट थलिएर अहिले पुनःस्थापित भएको भन्दै अब धरानलाई भुकम्प प्रतिरोधी नगरको रुपमा स्थापित गर्नुपर्ने बताए ।कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सभापती उमेश थापा,निर्माण ब्यबसायीका तर्फबाट नारायण लिम्बु लागयतले बोलेका थिए भने भोलेन्टीयरहरुले भुकम्पका बेला कसरी सुरक्षाका उपाय अपनाउने भन्ने अभ्यासपनि गरेका थिए ।
उक्त कार्यक्रम समापन पछि सचेतना ¥यालीपनि निकालिएको थियो । र्याली उपमहानगरपालीकाको कार्यालय देखि छाताचौक,भानुचौक हुदै पुनःकार्यालयमा आएर टुङगिएको थियो ।