धरान । सात प्रदेशले बुधबार प्रदेश प्रमुख पाएका छन् । यससँगै प्रदेशसभा गठनको बाटो खुलेको छ । तर, प्रदेश प्रमुखहरुको चयन जसरी भएको छ, यसमा नेपाली कांग्रेसले एकलौटी गरेको छ । एकजना चाहिँ मधेसी मोर्चालाई फकाउने रणनीतिअनुसार नेताका सम्धीलाई प्रदेश प्रमुख बनाइएको छ ।

प्रदेश प्रमुख नहुँदा निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम परीणाम सार्वजनिक गर्न सकेको थिएन । अब आयोगले अन्तिम परिणाम सार्वजनिक गरेर प्रदेश प्रमुखलाई बुझाउनेछ र प्रदेशसभा सदस्यहरुको सपथको प्रक्रिया शुरु हुनेछ ।

काे हुन् प्रदेश प्रमुख गाेविन्द सुब्बा ?

प्रदेश १ को प्रमुखमा डा. गोविन्द तुम्बाहाङ (सुब्बा) नियुक्त भएका छन् । उनी कांग्रेसका कार्यकर्ता हुन् । तर, बहुदल नआउञ्जेलसम्म उनी तत्कालीन नेकपा मालेसमर्थित अनेरास्ववियूका कार्यकर्ता थिए । बहुदल आइसकेपछि कांग्रेसमा प्रवेश गरेका हुन् ।

०४९ सालको स्थानीय चुनावमा धरानको मेयरमा कांग्रेसबाट उम्मेदवार बनेका उनी एमालेका ध्यानबहादुर रार्इसँग २२५ भोटले हारेका थिए । चुनाव हारेपछि प्राध्यापन पेशामै फर्किएका डा. सुब्बा सिनासका प्रोफेसर हुन् ।