शनिश्चरे/मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर २ र ३ जोड्ने लाटीहोलीमा पुल निर्माणको काम थालिएको छ ।

विहीबार एक कार्यक्रमकाबीच पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, २ नम्बर वडाध्यक्ष याम गुरागाई, ३ नम्बर वडाध्यक्ष डम्बर चेम्जोङ सहित वडा सदस्यहरु अग्नी गुरुङ, देवी घिमिरे, मायामेघी गुरुङ, अरुणा राई सहितका जनप्रतिनिधिहरुले सामुहिक रुपमा पुलको शिलान्यास गरेका छन् ।

नगरपालिकाको २५ लाख र उपभोक्ताको ३ लाख ८० हजार गरी २८ लाख ८० हजारको लागतमा १० मिटर लम्बाइ र १७ फुट चौडाईको पक्कीपुल निर्माण हुने निर्माण उपभोक्ता समिति अध्यक्ष मनकुमार राईले जनाए । रेलिङका लागि भनें बजेट अन्य स्रोतबाट जुटाउनु पर्ने अवस्था रहेको उनले उल्लेख गरे ।