धनकुटा । विहीबार विहानै देखी शान्तिपुर्ण आन्दोलनमा उत्रिएका धनकुटाका आन्दोलनकारीहरुलाई धनकुटा न.पा.वडा नं.६ सरस्वती चोकमा मोटरसाईकल तोडफोड गरेको भन्दै शसस्त्र प्रहरीका जवानहरुले निर्घात कुटपिट गरेपछि आन्दोलनकारी विच्किएका थिए । सरस्वती चोकमा उत्तम खड्गी, अजित पाख्रीन, अथित् विश्वकर्मा, जयन्द्र प्रधान लगायतलाई शसस्त्र प्रहरीले पछि एक्कासी साडे ८ वजे आन्दोलनकारीहरु आक्रासित वन्दै धनकुटाको मदनचोक तिर झरेका थिए । आन्दोलनकारीहरुले मदनचोकमा प्रदर्शन गरिहेको वेला प्रहरी प्रमुख सुदिप राजभण्डारीले आन्दोलनकारीलाई समात्तै कट्दै गर्न थाले पछि दोहोरो झडपको स्थिति श्रृजना भै हिसात्मक वनेको थियो । दुवै तर्फका सुरक्षाकर्मीहरुले यसरी प्रदर्शन गरिहेका आन्दोलनकारीहरु माथि एक्कासी जताभावी हातपात नगरेको भए सायदै त्यति ठूलो क्षति नहुने अनुमान गर्न सकिन्छ । जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी प्रेम प्रकास उप्रेतीका अनुसार विहिवारको दर्जनौं सरकारी कार्यालय माथि भएको तोडफोड आगजानीवाट ३० लाख भन्दा वढीको क्षति भएको वताएका छन । उनले पुर्वाञ्चल क्षेत्रिय प्रशासन कार्यालयमा रहेको साविकको १६ जिल्लाको हेल्लो सरकारले प्रयोग गर्ने कार्यकक्षको संचार सेट लगायत सम्पुर्ण कम्प्युटर लगायतका अन्य अति महत्वपुर्ण कागाजत जलेर नष्ट भएको वताएका छन् । त्यसैगरी अन्य धेरै सरकारी कार्यालय र यातयातको साधनहरु, दमकल, एम्वुलेन्समा क्षति पुगेको छ । उप्रेती सवै क्षतिको आंकल गर्दा ३० लाख भन्दा वढी क्षति हुने उनले अनुमान गरेका छन् । उनले आगो निभाउन आको दमकल, विरामी लिन गएको एम्वुलेन्स र क्षेत्रिय उप–प्रशासकलाई भित्र थुनेर तलवाट आगो लगाउने आन्दोलनकारीहरुले मानविय संवेदनाको हिसावले अलिकति पनि नसोपछि प्रशासन निषेधित क्षेत्र घोषणा गर्न वाध्य भएको दावी गरेका छन् ।
यता मानव अधिकारकर्मी एवं मानव अधिकार एलायन्सका केन्द्रिय उपाध्यक्ष विदुर सुवेदीले शान्तिपुर्ण र क्षतिरहित आन्दोलन भैरहेको अवस्थामा मानविय समवेदना गुम्नु दुखद पक्ष भएको वताए । त्यसैगरी जिल्ला रेडक्रस सोसाईटी धनकुटाका अध्यक्ष नरेन्द्र पोखरेलले विहिवारको मात्र हैन ३४ दिन देखी धनकुटाको आन्दोलन स्वत स्फुर्त रुपमा चलिनै रहेकै थियो, सुरक्षा दिने अधिकारीले उल्टै दमन गरेपछि हिंसामा भट्किएको वताए । धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले नगरपािलकाको मात्र नभएर समग्र धनकुटाको साझा सम्पति क्षति पुगेको खवरले आफु दुखित भएको वताए । आफु विदामा विराटनगर घरमा रहेको र खवर सुन्दा दुख लागेको वताए । जिल्ला वार एशोसिएसन धनकुटाका अध्यक्ष एवं अधिवक्ता आनन्द सन्तोषी राईले सरकारले भारतको सिमना सिमनामा लगेर प्रदेशको केन्द्र तोके पछि नेपाली जनताको छोराछोरीले राष्ट्रियता वचाउनको लागी पनि आन्दोलन गर्नु स्वभाविक भएको वताए । तर उनले आगो निभाउन हिँडेको नगरपािलकाको दमकल,मोरङ्गको केरावारीवाट विरामी लिन हिँडेको एम्वुलेन्स र क्षेत्रिय उप–प्रसाशकलाई कोठा भित्र वन्दक वनाएर आगो लगाउनु अमानविय कृयाकलाप भएको वताउँछन् । त्यसो उच्च अलालतका एक अधिकारीले भने वुधवार प्रदेशको केन्द्र विराटनगर तोकपछि विहिवार प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बलले धनकुटामा केही सक्छ भन्ने आंकलन गरेर २÷४ वटा कार्यालयमा अलिक राम्रो सुरक्षा प्रवन्ध मिलाएको भए क्षति कम दावी गरे । ज–जस्ले सुरक्षाका जिम्मा लिएर जिल्लामा वसेका छन्, उनको कम्जोरी भएको छ–ती अधिकारीले भने । यता आन्दोलन परिचालन समितिका संयोजक सुन्दरवावु श्रेष्ठले जिल्लाको सुरक्ष्ष निकायका प्रमुखहरुले आफु प्रहरीको अश्रुग्याँस र लट्टी खाएर विरामी भएर अस्पतालमा उपचार गरिहँदा पनि आन्दोलन फिर्ता लिन धम्क्याईरहेको वताएका छन् । उनले भने “हामीले १६ दिन अघि देखी क्षेत्रिय प्रशासकलाई वोलायौं, तर उहाँ आउनु भएन, जनताको छोराछोरीले न्याय खोजेका थिए, उहाँ नआएर धनकुटेलीहरु माथि अन्याय गरेकाले जनताका छोराछोरीले आन्दोलन गरे ।” उनले निषेधित क्षेत्र तोकेर हुँदैन वार्ता सम्वादवाट जानु पर्छ भन्दा उल्टै आन्दोलन फिर्ता लिन दवाव दिइरहेको वताए । निषेधित क्षेत्र खुल्ने नखुल्ने विषयमा यो समचार तयार भै सक्दासम्म प्रमुख जिल्ला अधिकारी उप्रेतीलाई ब्लाष्टले फोन गर्दा फोन उठेन ।
धनकुटालाई प्रदेश नंं.१ राजधानी वनाउन ३४ दिन देखी आन्दोलित धनकुटेलीहरुको आन्दोलन विहिवार देखी निक्कै हिंसात्मक वनेको छ । आन्दोलन हिंसात्मक वने संगै स्थानिय प्रशासनले ११.३० वजे देखी अनिश्चितकालिन निषेधआज्ञा जारी गरि गरेको छ । सरकारले वुधवार प्रदेश प्रमुख र प्रदेशको केन्द्र प्रदेश नंं.१ को विराटनगर तोकिए पछि धनकुटालाई प्रदेश नंं.१ राजधानी नतोकेको भन्दै सरकारी निर्णय विरुद्ध वुधवार देखी अनिश्चितकालिन आमहड्तालमा धनकुटेलीहरु उत्रिएका थिए । आमहड्तालको क्रममा विहविार विहान ९ वजे आन्दोलनकारीहरु स्थानिय मदनचोकमा प्रदर्शन गरिरहेको वेला प्रहरी प्रमुख सुदिप राजभण्डारीले प्रदर्शन गरिहेका दिनेश श्रेष्ठलाई एक्कासी समेत कुटेपछि दोहोरो झडप शुरु भएको थियो । सोही क्रममा आन्दोलनकारीले प्रहरी प्रमुख सुदिपराज भण्डारी सवार ना.१ झ. १३१४ नम्वरको प्रहरीको स्कारपियो गाडीमाथि तोडफोड गरिदिएका थिए ।