इनरुवा । सुनसरीका अग्रज पत्रकार स्व. डम्बर थापाको परिवारलाई नेपाल पत्रकार महासंघ सुनसरी शाखाले आर्थिक सहयोग प्रदान गरेको छ ।
पत्रकार थापाको सोमबार निधन भएको थियो । महासंघ सुनसरी शाखाकोतर्फबाट रु १५ हजार, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयका तर्फबाट रु १० हजार र स्थानीय सञ्चारकर्मीबाट आएको रु १२ हजार गरी जम्मा रु ३७ हजार स्व. थापाकोे परिवारलाई प्रदान गरेको महासंघका सुनसरी सदस्य अजितकुमार झाले जानकारी दिनुभयो ।
महासंघ सुनसरी शाखाले आज शोकसभाको आयोजना गरी अग्रज पत्रकार थापाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।
यसैबीच नेपाल पत्रकार महासंघका साधारण सदस्य लेखनाथ दंगाल (लक्ष्मी दंगाल) लाई मातृशोक परेकाले उहाँ र उहाँका परिवारजनप्रति महासंघले आज समवेदना प्रगट गरेको छ ।
पत्रकार दंगालको आमा पवित्रा दंगालको पुस २८ गते निधन भएको थियो ।