आसराको ७० प्रतिशत काम पूरा
धरान/धरान–६ पानबारीमा निर्माणाधिन पूर्वाञ्चल आसरा सुधार केन्द्रको ७० प्रतिशत काम पूरा भएको छ ।
शुक्रबार धरानमा आयव्यय सार्वजनिक गर्ने क्रममा भवन निर्माण समितिका अध्यक्ष तथा पूर्व नगर प्रमुख मनोजकुमार म्यान्याङ्गबोले बताए । उनले ६ महिनाभित्र काम पूरा गर्नेसमेत बताए । भवन निर्माणको लागि एककरोड २८ लाख ८३ हजार ७८४ रुपैया संकलन भएको छ ।
जसमध्ये एककरोड २५ लाख ८७ हजार ७२५ खर्च भएको जानकारी कोषाध्यक्ष शिला बज्रचार्यले बताइन् । यस केन्दले धरानलाई मात्र नभएर प्रदेश नं. १ लाई नै सेवा दिने भएकोले सवैको साथ र सहयोग आवश्यक रहेको आसराका प्रमूख संरक्षक एवं एआईजी पशुपति उपाध्यायले बताए ।
उनले विगत ६ महिनामा प्रदेश नं. १ मा ३२५ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएकोमा ४८९ जना पक्राउ परेको बताए ।