पथरी । पथरी–काठमाण्डौं मैत्री समाजको चौथो साधारणसभा अनामनगर घटेकुलो काठ्माडौँमा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारण सभाले लक्ष्मीप्रसाद कोइरालको अध्यक्षतामा १३ सदस्य कार्यसमिति गठन भएको छ । त्यसैगरी पहिलो उपाध्यक्षमा महेन्द्र प्रसाद पोख्रेल र दितीय उपाध्यक्षमा बिकास घिमिर,सचिबमा अशोक खनाल, सहसचिबमा सुबास रिमाल,कोषाध्यक्षमा पुष्पा रिजाल रहेका छन् । त्यसैगरी सदस्यहरुमा सुशिला चुडाल,इन्दु नेपाल, शिबराज श्रेष्ठ,प्रमोद फुयाल, जिबन थापा,गणेश घिमिरे,टीकाराम पोख्रेल,योगेन्द्र कुइकेल रहेका छन् । पथरीशनिश्चरे नगरबाट काठ्माडौँमा बसोबास गर्नेहरुको साझा संगठनको रुपमा रहेर चाँडबाडमा बिबिध कार्यक्रमहरु गर्दै आएको छ ।