उठ्ने बित्तिकै बिहान चिया नखाने मानिस भेट्नै मुस्किल पर्ने नेपाली समाजमा ग्याष्टिकको रोग नभएका नेपाली भेट्न पनि मुस्किल नै छ । ग्याटिकलाई राष्ट्रिय रोगको उजनाम समेत दिने गरिएको छ । अझ हिजो आजको चिसो मौषममा ओछ्यान मै बसी बसी मिठो चिया पिउनुको मजै बेग्लै हुन्छ । कति पय मानिसहरु बिहान भरी मै ३,४ कप चिया पिउने गर्छन् दिन भरमा त दजर्नौ कप चिया समेत पिउने गर्दछन् तर त्यसरी सेवन गरिएको चियाले मानव सरिरमा कति फाईदा र कति बेफाईदा गर्छ धेरैलाई जानकरी छैन । ध्यान दिनु पर्ने कुरा यो छ की चियाले लाभ भन्दा धेरै हानी पुर्याउछ अझ खाली पेटमा त चिया पिउनु नै हुँदैन । खाली पेटमा चिया पिउदा हुने बेफाईदा यस्ता छन् ।

१. कतिपयले चियासँगै दूध पनि खाइरहेको भन्दै यसलाई स्वस्थकर मान्छन् । तर, यसमा पूर्ण सत्यता छैन । खाली पेट दूधचिया पिउनाले शरीरलाई थकान महसुस गराउँछ ।

२. कतिपयले कम दूध राखेर चिया पिउने गरेका हुन्छन् । दूधचियाले असर पार्छ भन्दै कालो चिया पिउनेको संख्या ठूलो छ । तर, कालो चियामा भएको पत्तीले पनि पाचन प्रणालीमा असर पुर्‍याउँछ । त्यसैले चियाभन्दा पहिला पानी पिउनु राम्रो मानिन्छ ।

३. चियामा टेनिन हुन्छ, जसले शरीरमा भएको आइरनसँग रियाक्ट गर्छ । जसकारण खानापछि चिया पिउनाले शरीरमा भएको पोषण तत्वलाई नष्ट गर्न सक्छ ।

४. तपाईं दिनमा ४–५ कप चिया पिउनुहुन्छ भने यस्तो बानी सुधार गरिहाल्नुस् । निकै तातो चिया पिउँदा पनि स्वास्थ्यलाई राम्रो गर्दैन । यसो गर्दा मानिसमा फुड पाइप या घाँटीको क्यान्सरको सम्भावना बढाउँछ ।

५ चियामा एसिडको मात्रा बढी हुन्छ । त्यसैले यसले शरीरमा ग्यास्ट्रिक त बनाउँछ नै, खाली पेट चिया पिउँदा अल्सरको समस्या पनि बढ्दै जान्छ ।