संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका-११ डाँडागाउ बस्ने गोबिन्द राईको घरमा आइतबार आगलागी भएको छ।

अपरान्ह ४ बजेतिर अचानक सल्केकको आगोले उनको दुई तले घर तथा घर भित्र भएको सम्पूर्ण समान समेत जल्दा अन्दाजी १२ लाख ३५ हजार बराबरको क्षति भएको बताइएको छ।

आगलागी प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ।