पिनास र भ्रम हाम्रो समाजमा पिनास हुनासाथ झारफुक गर्नुमा ज्यादा विश्वास गरिन्छ । अस्पतालमा आउने विरामीमध्ये कतिपयहरू झारफुकबाट निको नभएपछि आउनेहरू छन् नाकमा जे समस्या भएपनि पिनास भन्ने अचलन छ ।

कतिपय रोगह्रू निश्चित समयपछि आफै निको हुन्छ । विरामीह्रू आत्तिएर झारफुक गर्ने र धामीलाई देखाउन जाने गर्छन् । तर निश्चित समयपछि सामान्य खालको पिनास आफै निको भएको भेटिन्छ । त्यसले गर्दा अनावश्यक रुपमा धामीझाँक्रीले जस पाइरहेका हुन्छन् । झारफुक गनहरूले पनि पिनास झारेको भनेर विश्वासमा पार्न अनेक काम गर्ने चलन छ । त्यसको कुनै भरपर्दो आधार छैन ।

पिनासका लक्षण

नाक बन्द हुने टाउको दुख्ने आँखाको अगाडि र तलको भाग दुख्ने नाकको छेउछाउमा दुख्ने बिहानको समयमा टाउको बढी दुख्ने सुँघ्ने शक्ति कमजोर हुने नाकबाट सास फेर्न नमिल्ने कहिलेकाँही नाकबाट रगत मिसिएको सिँगान बग्ने