मानिसहरुलाई लौकाको जुसको बारेमा त्यति थाहा नहुनसक्छ । यसको सेवनले शरीरलाई निकै फाइदा पुर्याउँछ । प्राय लौकालाई तरकारीको रुपमा प्रयोग गरिन्छ । तर, यसलाई जुस बनाएर सेवन गर्ने हो भने विभिन्न रोगमा फाइदा पुग्छ । यस्ता छन् लौकाको जुसको फाइदाहरु :
१. पिसाब इन्फेक्सनका लागि : यदी तपाइलाई पिसाब फेर्दा पोल्ने वा दुख्ने हुने गर्दछ भने लौकाको जुस सेवन गर्नुहोस् । पिसाबमा एसिडको मात्रा बडी भएकाले पिसाब फेर्दा समस्या आउने गर्दछ । लौकाको जुसले एसिडको मात्रा कम गर्छ र निरन्तर लौकाको जुसको प्रयोगले यो रोग निको हुन्छ ।
२. ओजन घटाउन मद्धत : लौकाको जुसमा क्यालोरी र चिल्लो बराबर हुँदैन जसमा हुने फाइबरले भोकलाई कम गर्छ जसले गर्दा मोटाउने सम्भावना कम हुन्छ ।
३. शरीर भित्रको फोहोर सफा गर्ने : लौकाको रसमा ९८ ५ पानि र बाँकि एन्टीअक्सिडेन्ट हुन्छ । त्यसैले लौकाको जुस पिउदा यसले शरीर भित्रको टक्शीनलाइ बाहिर निकाल्ने काम गर्छ र शरीरको भित्री भाग सफा राख्ने काम गर्छ ।
४. कब्जियतलाइ आराम : लौकाको जुसमा पाउने फाइबरले पाचन प्रणालीलाइ दुरुस्त बनाउने काम गर्दछ । यसको नियमित सेवनले कब्जियतका बिरामीलाई आराम दिने गर्दछ ।
५. शक्तिको लागी : यदी तपाई बिहानै उठेर काम गर्नु हुन्छ भने लौकाको जुस खाने गर्नुहोस् यसले फाइदा पुर्याउँछ । लौकामा कार्बोहाइड्रेट बडी मात्रामा पाइने गर्दछ जसले मांसपेसीहरुको काम गर्ने क्षमता बडाउँछ ।