[caption id="attachment_71220" align="aligncenter" width="960"]
फाइनलमा पुगेका प्रतियोगितहरु ।[/caption]
विराटनगर/ विराटनगरको आरोहण गुरुकुलमा मंगलबार हुने मिस्टर एण्ड मिस फ्रेसरको फाइलनमा २० जनाले प्रतिस्पर्धा गर्दैछन् । १० जना पुरुष र १० जना महिलाले उपाधिको लागि दौडमा छन् ।
विराटनगरमा रहेको एम्स कलेजको आयोजनामा हुने उक्त प्रतियोगिताको फाइनलमा मिस्टरतर्फ सन्दिप सरदार, विकास मेहता, निशान मगर, युवराज राजवंशी, मनमोहन दाहाल, योगेन्द्र थापा, अविशेक गौतम, निश्चल आचर्य, मन्दिप सिवकोटी र सृजल घिमिरे छन् । त्यस्तै मिसतर्फ अनु सिंह, रन्जु रेग्मी, विजाय नेपाल, लिलादेवी राई, शर्मिला रौनियार, सुजा चापागाई, लक्ष्मी मण्डल, चिरीन्जी राउत, मनिषा बस्नेत र ढली शर्माले प्रतिस्पर्धा गर्दैछन् ।
बी.बी.यस. प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई नौलो तरिकाले स्वागत गर्न वीगत तीन वर्षदेखि यस्तो प्रतियोगिता आयोजना गरेको कलेज प्रमुख चिन्तामणी बस्नेतले जानकारी दिए । प्रतियोगिताको विजेताले ६० हजार बरावरका छात्रवृत्ती पाउने कलेजले जनाएको छ । फाइनलमा पुगेका प्रतियोगिहरुले यस अघि ट्यालेन्ट, वक्तीत्वकला, सामान्यज्ञान लगायतका विभिन्न विधाहरु गरिसेका छन् ।