केही बर्षको विश्रामपछि बलिउडमा फर्किएकी ऐश्वर्या राय कम तर राम्रो फिल्ममा केन्द्रित हुन खोजिरहेकी छिन् ।
विवाह गरेपछि छोरी जन्माएर घरमै बसेकी ऐश्वर्या बलिउडमा फर्किएसँगै फन्ने खाँ मा सक्रिय भईन् । उनको फिल्म आगामी इदमा रिलिज हुँदैछ, जसको टक्कर सलमानको रेस ३ सँग हुनेछ ।
यसपछि ऐश्वर्यालार्य लागातार फिल्मको प्रस्ताव आइरहेको छ । हालै उनलाई नर्गिस अभिनित फिल्म रात और दिन को रिमेकका लागि प्रस्ताव आएको छ ।
सञ्चारमाध्यमहरुले चर्चा गरे अनुसार स्क्रिप्टअनुसार फिल्ममा उनको दोहोरो भुमिका छ । तर, जब परिश्रमिकको कुरा उठ्यो तब उनले १० करोड रुपैयाँ माग गरिन् । उनको रेट सुनेर सबै चकित परे ।
यति पारिश्रमिक अहिले बलिउडमा चलेको अभिनेत्रीको पनि छैन । तर, ऐश्वर्याको मागमा निर्माता प्रेरणा अरोरा सहमत भईन ।
दोहोरो भुमिकामा ऐश्वर्याले निकै मिहिनेत गर्नुपर्ने र फिल्म बन्न लामो समय लाग्ने भएकाले १० करो दिन आफु राजी भएको अरोराको भनाई छ ।