काठमाडौं/‘कामना फिल्म अवार्ड–२०७४’ मंगलबार बाँडिएको छ । कामना पब्लिकेशनले सिजी इन्टरट्रेनमेन्टको सहकार्यमा आयोजना गरेको अवार्डमा ब्यवसाहिक सफल चलचित्र ‘छक्का पञ्जा’को दबदबा रह्यो । ‘छक्का पञ्जा’ले उत्कृष्ट चलचित्र सहित अन्य ८ विधामा अवार्ड जित्दै आफुलाई सबैभन्दा अगाडि ल्याउन सफल भयो ।
मंगलबार राजधानीको आर्मी अफिसर्स क्लबमा एक भब्य समारोह आयोजना सहित सम्पन्न अवार्ड समारोहमा चलचित्र ‘गाजलु’ र ‘डाईङ क्यान्डिल’ले पाँच/पाँच विधामा अवार्ड थाप्दै आफुलाई सार्वधिक अवार्ड बिजेताको दोस्रो सुचिमा उभ्याउिन सफल भए । वर्ष २०७३ भित्र प्रदर्शनमा आएका चलचित्र सहभागी अवार्डमा चलचित्र ‘छक्का पन्जा’की अभिनेत्री दीपाश्री निरौलाले उत्कृष्ट नव निर्देशकको अवार्ड हात पारिन् । समारोहमा छक्का पञ्जाबाटै दीपकराज गिरीले उत्कृष्ट खलनायकको, केदार घिमिरे ‘माग्ने बुढा’ले उत्कृष्ट हास्य अभिनेता र जितु नेपालले उत्कृष्ट सह अभिनेताको अवार्ड समेत प्राप्त गरे ।
त्यस्तै चलचित्र ‘छक्का पन्जा’ गीत ‘पूर्व पश्चिम रेल’बाट कविराज गहतराजले उत्कृष्ट नृत्य, छक्का पञ्जाकै, दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरेले उत्कृष्ट सम्बादको अवार्ड पाउदा यसै चलचित्रको ‘सुन न चम्पा' गीतबाट कृष्ण काफ्लेले उत्कृष्ट गायकको अवार्ड बुझे । अवार्डमा उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र ‘गाजलु’बाट हेमराज बिसीले पाए । हेमराजले यसै चलचित्रबाट उत्कृष्ट कथाको अवार्ड समेत थाप्न सफल भए । पाँच बिधामा अवार्ड जितेको ‘गाजलु’बाटै श्रृष्टी श्रेष्ठले उत्कृष्ट नब अभिनेत्री, सुरेन्द्र पौडेलले उत्कृष्ट सम्पादक र उत्तम न्यौपानेले उत्कृष्ट ध्वानी मिश्रण अवार्ड लिए । समारोहमा यो बर्षको उत्कृष्ट सृजनाले सुब्बा र अभिनेता विपीन कार्की घोषित भए । सृजनाले ‘डाइङ क्यान्डल’ र बिपिनले ‘जात्रा’ अभिनयबाट अवार्ड हाट पारे ।
जुरी अवार्ड समेत प्राप्त गर्न सफल ‘डाईङ क्यान्डिल’बाट रबीन आचार्य उत्कृष्ट छायाँकार, लाक्पा सिँगे तामाङ उत्कृष्ट बाल कलाकार र सरोज बुढाथोकी उत्कृष्ट घोषित भए । समारोहमा उत्कृष्ट नव अभिनेताको अवार्ड चलचित्र ‘के म तिम्रो हैन र ? ’बाट आर्यन अधिकारी प्राप्द गर्दा यसै चलचित्रबाट हिमाल केसीले उत्कृष्ट द्धन्द्ध निर्देशक, एलिस कार्कीले उत्कृष्ट पाश्र्व सँगीतको अवार्ड प्राप्त लिए । यस्तै समारोहममा उत्कृष्ट सह अभिनेत्री चलचित्र होम वर्कबाट गौरी मल्लले, उत्कृष्ट गायिका चलचित्र किस्मत–२ बाट अञ्जु पन्त, उत्कृष्ट गीतकार चलचित्र शब्दको 'हरपल' गीतबाट कृष्णहरि बराल, उत्कृष्ट सँगीतकार चलचित्र लुट–२ को 'ठमेल बजार' गीतबाट कालिप्रसाद बासकोटा, उत्कृष्ट पटकथा चलचित्र जात्राबाट प्रदीप भट्टराईले अवार्ड लिन सफल भए ।
३ बिधामा क्रिटिक्स अवार्ड
कामना अवार्डमा ३ बिधामा क्रिटिक्स अवार्ड बाँडिएको छ । जसमा कोरियोग्राफी तथा फेशन तर्फको क्रिटिक्स अवार्डबाट कोरियोग्राफर रचना गुरुङ शर्मा, र रंगमञ्च तर्फको क्रिटिक्स अवार्ड नाट्यकर्मी राज शाह र संगीत विधामको क्रिटिक्स अवार्ड गायिका इन्दिरा जोशीले प्राप्त गरे ।
पपुलर बनिन् केकी अवार्ड समारोहमा अभिनेत्री केकी अधिकारीले ‘पपुलर च्वाईस अवार्ड’ थापेकी थिइन् । एसएमएस भोटको आधारमा छानिएकाे यो बिधामा उनले अभिनेत्री प्रियंका चोपडा, बर्षा राउत, ऋचा शर्मा लगायत अभिनेत्रीलाई पछि पार्दै यो अवार्ड चुमेकी हुन् ।
दीर्घ योगदान सम्मान अवार्ड समारोहमा अग्रज छायाँकार मञ्जुकुमार श्रेष्ठ, अग्रज दम्पत्ति कलाकार एवं नाट्यकर्मी हरिहर शर्मा र शकुन्तला शर्मा ‘कामना कृतिमान दीर्घ योगदान सम्मान–२०७४’बाट सम्मानित भए । नेपाली चलचित्र तथा रंगमञ्च क्षेत्रमा पाँच दशक भन्दा लामो समयदेखि निरन्तर योगदान पुर्याएको ठहर गर्दै यी तीन अग्रज चलचित्रकर्मीलाई अवार्ड समारोहमा ‘कामना कृतिमय दीर्घ योगदान सम्मान–२०७४’बाट सम्मानित गरिएको हो ।
एउटै स्टेजमा धेरै पुस्ता
कामना अवार्ड समारोह आम अवार्ड भन्दा भिन्न तवरले संचालन गरिएको थियो । कार्यक्रम विभिन्न कलाकारले संगीतमय बनाएका थिए । जसमा अग्रज गायक प्रेमध्वज प्रधान र तारा थापाले चलचित्र माईतिघरको ‘न आउ सामु यसरी’, अग्रज सँगीतकार,गायक एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाले मिना निरौलासँग ‘चट्ट रुमाल क्यामालुम’ गीत गाउँदा दर्शकले तालीले निरन्त साथ दिए । यहि क्रममा मनदकृष्ण श्रेष्ठले ‘हे भगवान मेरो’, तारा थापाले ‘मेरो सपनामा’,आनन्द कार्कीले ‘बनमा फुल्यो फुल’जस्ता गीतबाट दर्शक नचाएका थिए ।
यस बराल, युबराज चौलागाई, कृष्ण काफ्ले, दीपाश्री निरौला, ताराप्रकाश लिम्बुले पनि कार्यक्रममा गीत गाए । दीपाश्री निरौला, प्रियंका कार्की देखि दिपाशा बिसीसम्मले विभिन्न नृत्यबाट कार्यक्रमको रौनकता बढाउन मद्दत गरे । जीतु नेपाल, नरेश भट्टराई र सुगरिका केसीले रोचक रुपमा संचालन गरेको कार्यक्रममा केदार घिमिरे ‘माग्ने बुढा’ले आफ्ना पत्नीसँगको सहकार्यमा नेपाली चलचित्र उधोगको अबस्था बारे प्रहसन दिएर दर्शकलाई राम्रोसँग हसाए । करिब पाँच घन्टासम्म चलेको अवार्ड समारोह स्वर सम्राट नारायन गोपालमा सर्मपित गीतहरुबाट सुरु भएको थियो ।
रातोपाटी